गाेरखामा कांग्रेस-माअाेवादीबीच खुकुरी र भाला हानाहान : आधा दर्जन घाइते , तीनकाे अवस्था गम्भिर

गाेरखामा कांग्रेस-माअाेवादीबीच खुकुरी र भाला हानाहान : आधा दर्जन घाइते , तीनकाे अवस्था गम्भिर

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

१९ कात्तिक,गोरखा । चुनावको मिति नजिकिँदै जाँदा नेपाली काँग्रेस माओवादी केन्द्रबीच झडप भएको छ ।गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा दुबै पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुले आपसमा खुकुरी हानाहान गरेका छन् ।

आइतबार साँझ भिमसेन–५ बगुवामा भएको झडपमा दुबै खुकुरी र भाला हानाहान आधा दर्जन घाइते भएका छन् ।

दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माकेका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।

गाउँसभाको बैठक सकिसकेपछि विवाद भएको हो । सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ ।

बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा विवाद भएको हो । कांग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी बगुवामा नै राख्नु पर्ने पक्षमा थिए ।

बैठकमा दुई तिहाई बहुमतले केन्द्र सार्ने निर्णय गरिसकेपछि माओवादी केन्द्रका सदस्यले माइनुट च्यातेपछि विवाद भएको गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले बताए । गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको बहुमत छ ।

माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए । आफ्ना प्रतिनिधिलाई नोटअफ डिसेन्ट समेत लेख्न नदिइएको बञ्जराले बताए । माओवादी केन्द्रका नेता कार्यकताहरु भाला र खुकुरी बोकेर आएको र एकाएक आक्रमण गरेको प्रमुख पाण्डेले बताए ।

घटनाले जिल्लाका चुनावी प्रचारलाई प्रभावित गर्ने बताइन्छ । गोरखामा नयाँ शक्तिका संयोजकलाई सहयोग गरेको नेपाली काँग्रेस माकेबीच झडप हुँदा बाबुरामलाई रमिते बनाएको भने उता नारायणकाजी श्रेष्ठलाई दुखित बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ