काठमाडौं, कात्तिक १९ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवमं मजदूर नेता शिव पोख्रेलले प्यूठान लगायतका जिल्लाका बाम उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
आइतवार काठमाडौमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै नेता पोख्रेलले राष्ट्रिय आवश्यकताले एमाले माओवादी विच यस्तो तालमेल अगाडि बढेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र केपी ओली विच भएको पछिल्लो राजनीतिक स्पिरिडलाई दरिलो ढंगले पक्रनुपर्रर्ने र बाम गठबन्धनप्रति इमान्दार हुन समेत मजदूरहरूलाइ आग्रह गर्नुभएको छ । यसलाई सहज रुपमा स्विकार्न र इमान्दारिपूर्वक सफल पार्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
गाउँका जनता र कारखानामा कार्यरत मजदूरहरूलाइ भेट्दा बाम गठवन्धनप्रति देखाएको समर्थनले आफू बाम गठबन्धनलाई कसैले कुनै हालतमा पराजित गर्न नसक्ने समेत उहाँले दावी गर्नुभयो । माओवादी र एमाले पार्टी विचको कार्यविधि के हुने ? भन्ने विषयमा पटक पटक छलफल भएको बताउनुभयो ।
यो काँग्रेसको विरुद्धमा नभएको स्पष्ट पार्दै उहाँले पार्टी एकतासम्मको स्पिरिड भएकोले उत्पिडित वर्ग, क्षेत्र, लिङ्गको माग अनुसार यो एकताको प्रक्रिया अगाडि बढेको बताउनुभयो । नेपाली काँग्रेसले गणतन्त्र विरोधी, लोकतन्त्र विरोधीसंग चुनावी तालमेल गरेको भन्दै प्रगतिशिल काँग्रेसहरु त्यसको पक्षमा नरहेको समेत बताउनुभयो ।
बालकृष्ण ढुङ्गेल पक्राउ गरेको प्रसंगमा उहाँले काँग्रेसको नेतृत्वले देशमा सामन्तहरुको रजाई गराउने चलखेल र षड्यन्त्र गरिरहेको समेत दावी गर्नुभयो । शेरबहादुर प्रधानमन्त्री भएको धेरै दिन भैसकेको स्मरण गर्दै चुनावको मुखमा आएर पक्राउ गर्नुले काँग्रेसको उद्देश्य स्पष्ट भएको बताउनुभयो । चुनाव भनेको जनमत लिने सबैभन्दा सुन्दर पक्ष भएको र आफूहरु त्यो अभियानमा लागेको बताउनुभएको थियो ।
काँग्रेसले यो चुनावलाई ठूलो युद्ध मैदानको रुपमा लगेको आरोप लगाउनुहुँदै उहाँले आफूहरुलई स्थिर गणतन्त्र, समाजवादी व्यवस्था उन्मुख राज्यव्यवस्ता प्राप्तिको अगाडि बढेकोले कम्युनिष्टहरुको साझा उम्मेद्वारलाई भोट हाल्न समते आग्रह गर्नुभएको छ ।