सत्ताको प्रभाव र दबाबमा आयोगले मेरो उम्मेदवारी रद्ध गर्यो : गोविन्दराज जोशी

सत्ताको प्रभाव र दबाबमा आयोगले मेरो उम्मेदवारी रद्ध गर्यो : गोविन्दराज जोशी

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

तनहुँ, कात्तिक १९ । कांग्रेस नेता गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असंवैधानिक भएको जिकीर गर्नुभएको छ ।
तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारी दिनुभएका जोशीले आज पत्रकार सम्मेलन गरी आयोगको निर्णयप्रति आपत्ति जनाउनुभयो ।

आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी उहाँको छ । उम्मेदवारी रद्द गरेको बारेमा सन्चारमाध्यमबाट सुनेपनि आयोगले जानकारी नगराएको जोशीले बताउनुभयो । निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष नभएको र सत्ताको प्रभाव र दबाबमा परेर निर्णय गरिएको उहाँको आरोप छ ।

आयोगको निर्णयविरुद्धमा के गर्ने भन्नेमा कानुनविदहरुसँग छलफल भइरहेको उहाँले बताउनु भयो ।
आफूले टिकट नपाएपछि जोशीले सोही क्षेत्रमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिनुभएको थियो ।

जोशीको उम्मेदवारीविरुद्ध पौडेलले दिएको उजुरीमा शनिबार (हिजो) आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ