सप्तरी, कात्तिक १९ । सप्तरी जिल्लाको क्षेत्र नम्बर २ मा मधेसी गठबन्धनबाट उम्मेदवार बन्नुभएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।
यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
उम्मेदवारी फिर्ताका लागि नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरे पनि उहाँले बरु पार्टी छोड्ने तर उम्मेदवारी फिर्ता नलिने अडान लिनुभएको थियो ।
राजपाका महासचिव मनिष सुमनबिरुद्ध बागी उम्मेदवारी दिएका लक्ष्मण यादवले भने नाम फिर्ता लिनुभयो । सुमन प्रदेश सभा २ को ख बाट उम्मेदवार बन्नुभएको छ ।
यता, राजपा नेपाल र संघीय समाजवादी फोरमले बागी उम्मेदवारलाई समर्थन गर्नेलाईसमेत कार्वाहीको गर्ने चेतावनी दिएको छ ।
बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई समर्थन गर्न दिएको निर्देशन पालना नगर्नेको साधारण सदस्य नै खारेज गर्ने चेतावनी दुबै दलले दिएको हो ।
दुई दलीय गठबन्धनको निर्णयविरुद्ध जाने बागीलाई समथर्न गर्नेलाई पनि अनुशासनको कार्वाही हुने चेतावनी दिइएको छ ।