शीर्ष नेताविरुद्धको बागी , क–कस्ले ले लिए उम्मेदवारी फिर्ता ?

शीर्ष नेताविरुद्धको बागी , क–कस्ले ले लिए उम्मेदवारी फिर्ता ?

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, कात्तिक १९ । विभिन्न दलका आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका केही उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि आइतबारको समय तोकेको थियो । आयोगले तोकेको समयमा बागी उम्मेदवारले नाम फिर्ता लिएपछि आधिकारिक उम्मेदवारहरुलाई केही राहत मिलेको छ ।

यस क्रममा पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध बागी उम्मेदवारी दिएकाले नाम फिर्ता लिएका छन् । पार्टीले आफूलाई अवमूल्यन गरेको भन्दै नेपालविरुद्ध काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

यसैगरी, दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा दिएको आश्वासन पूरा नगरेभन्दै ओलीले उम्मेदवारी दिनुभएके थियो ।

यस्तै, दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनविरुद्ध बागी बनेका दुई उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । मोरङको क्षेत्र नम्बर ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकालविरुद्ध बागी उम्मेदवारी दिएका भेषनाथ रिजालले नाम फिर्ता लिनुभएको छ ।

प्रदेशसभामा बागी बनेका डीपी राईले पनि नाम फिर्ता लिनुभएके आयोगले जनाएके छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि उदयपुर २ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
माओवादीका हिमाल किराँतीविरुद्ध मनोनयन दर्ता गराएका खतिवडाले नाम फिर्ता लिनुभएके हो ।

उदयपुर २ को प्रदेशसभातर्फ भने माओवादीले पार्टी उम्मेदवार भेषकुमारी राउतको नाम फिर्ता लिएर बागी बनेका नारायणबहादुर मगरलाई समर्थन गरेको छ ।

उता, कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस उम्मेदवार आरजु राणा देउवाबिरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले नाम फिर्ता लिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाले नाम फिर्ता लिएको भण्डारीले बताउनु भयो ।

यस्तै, सोही क्षेत्रमा उठेका राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ