उम्मेदवारी फिर्ता लिने समय आज, निर्वाचन चिह्न पनि आजै प्रदान गरिदैं 

उम्मेदवारी फिर्ता लिने समय आज, निर्वाचन चिह्न पनि आजै प्रदान गरिदैं 

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, कात्तिक १९ ।

निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ ।

आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ ।

उम्मेदवारी फिर्ता भइसकेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १ सय २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश सभातर्फको २ सय ५६ प्रतिनिधिका लागि २ हजार ९ सय ६६ जना मैदानमा खडा भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ