१८ कात्तिक, काठमाडौं ।
नेकपा मालेका महासचिव सीपी मैनालीले आफु र आफ्नी पत्नी निलम खड्कालाई समानुपातिकको सूचीमा राखेका छन् ।
दोस्रो संविधानसभामा पनि मैनाली दम्पती सांसद बनेका थिए । यस बर्ष पनि मैनालीलेसमानुपातिकको सूचीमा आफू र आफ्नी पत्नी निलम खड्कालाई समेत समेटेका छन् । उनीहरु पालैपालो मन्त्रीसमेत बने ।
विगतमा मालेबाट समानुपातिक सांसद बनेका अइन्द्रसुन्दर नेम्वाङ लगायतका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन् ।
निर्वाचन कानूनले थ्रेसहोल्डको व्यवस्था गरिसकेका अवस्थामा पनि केही साना पार्टीहरु समानुपातिकतर्फबाट सांसद बन्न पाइने आशमा छन् । यही आशमा रहेका नेकपा मालेका महासचिव मैनालीले आफ्नो नाम समानुपातिकको तेस्रो नम्बरमा राखेका छन् । पत्नी निलम केसीको नाम १८ औं नम्बरमा छ ।
हँसिया र तारा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने नेकपा माले र जनसमाजवादी दुबैले प्रतिनिधिसभातर्फका ११० सिटमध्ये १०८ जनाको नाम बन्दसूचीमा समावेश गरेका छन् ।
नेकपा एमालेका संस्थापक नेताका रुपमा रहेका मैनालीले ०५६ सालमा वामदेव गौतमसँग मिलेर नेकपा माले गठन गरेका थिए । पछि गौतम एमालेमा फर्किए पनि मैनाली फर्केनन् ।