स्याङजाका दौबासीले गरे निर्वाचन बहिस्कार , प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुँदैनौ

स्याङजाका दौबासीले गरे निर्वाचन बहिस्कार , प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुँदैनौ

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

स्याङ्जा कार्तिक १८,।
स्याङ्जाको भीरकोट नगरपालिका–४, का दौबासीहरुले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन समेत बहिष्कार गरेका जिल्लाका दौबासीले अहिलेको निर्वाचन पनि बहिष्कार गर्ने बताएका छन् ।

स्थानीय तह पुर्नसंरचना विवादको विषयलाई लिएर चुनाव बहिस्कार गरिएको स्थानीयले बताएका छन् । साविकको छाङछाङदी गाविस ७ नम्बर वाडलाई वालिङ नगरपालिकामा गाभ्न माग गरिरहँदा स्थानीय र जिल्ला स्तरका नेताहरुले वालिङमा नै गाभ्न सहमति जनाउँदा पनि अन्तिममा भीरकोट नगरपालिकामा गाभेको विषयलाई लिएर चुनाव बहिस्कार गरेको स्थानीय डिलबहादुर थापाले बताउनु भयो ।

उहाँले ७ नम्बरका सवै वाड बासीहरुले वाड भेलाबाट नै कसैले पनि भोट नहाल्ने सल्लाह भएको बताउनुभयो । स्थानीयबासीन्दाहरुले राज्यलाई तिर्नुपर्ने कर समेत तिरेका छैनन् । थापाले घरको कर, जग्गाको कर लगायत राज्यलाई तिर्नुपर्ने कुनै पनि कर नतिरेको बताउनुभयो ।

स्थानीय तहको पुर्नसंरचनामा भन्दा पूर्व ०५४ साल देखी नै वालिङ गाभ्ने निर्णय भएको यो वाडलाई बारम्बार धोका दिएको उनीहरुको आरोप छ । सिङगो वाडबासीहरुले आफ्नो माग पुरा नभए सम्म राज्यका कुनै पनि कार्य नगर्ने बताएका छन । आर्थिक, भौगोलिक, सामाजिक रुपबाट वालिङ नै नजिक र सहज पर्ने स्थानीयबासीको भनाई छ ।

वालिङ बजार नै उनीहरुको आवतजावतमा सहज पर्छ । डिलबहादुरका अनुसार वालिङ नगरपालिकामा पर्ने जग्गाको राजस्व, कर तिर्दै आएका छन । तर, भीरकोट नगरपालिकामा समेटिएको जग्गाको, घरको कर भने तिरेका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार ७ वडामा १ सय ७ मतदाता संख्या थियो । ‘हामी राज्यका जनता जस्ता भएनौं’ स्थानीय भन्छन् , ‘प्रदेश र संघको निर्वाचन राज्यको आफ्नो हो हाम्रो होइन त्यसैले भोट हाल्नुपर्छ भने कुनै बाध्यता पनि छैन् ।’ आफुहरुको माग पुरा नभएसम्म उनी पनि सिमाङकनको विषयलाई आवाज उठाइरहने दावी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ