सोलुखुम्बु, १८ कात्तिक । सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताउनुभएको छ ।
नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताउनुभएको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको बताउनुभयो ।
उहाले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline