निर्वाचनमा खटिने कर्मचारीका लागि केन्द्रिय प्रशिक्षण सुरु

निर्वाचनमा खटिने कर्मचारीका लागि केन्द्रिय प्रशिक्षण सुरु

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ १८ कार्तिक ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान र मतगणनामा खटिने कर्मचारीका लागि निर्वाचन आयोगले आजबाट केन्द्रीय प्रशिक्षण शुरु गरेको छ ।

मंसिर १० र २१ गते दुबै चरणमा हुने निर्वाचनका लागि आयोगले एकैचरणमा सुरु गरेको प्रशिक्षणमा क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृतहरू सहभागी छन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रशिक्षणको शुभारम्भ गर्दै निर्वाचन सञ्चालन गर्ने कार्य ठूलो व्यवस्थापकीय जिम्मेवारीको कार्य भएकाले आयोगसहित निर्वाचनका सबै सरोकारवाला गम्भीर भई आ–आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक सञ्चालन हुने र मतदाताले तीन वटा मतपत्रमा चार ठाउँमा मत संकेत गरी बेग्लाबेग्लै तीन वटा मतपेटिकामा मतपत्र खसाल्नु पर्ने भएको हुँदा मतदान कार्यमा खटिने कर्मचारीलाई बढी होसियारीसाथ जिम्मेवारी पूरा गर्न उहाँले निर्देशन दिनुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले परिस्थितिले हाम्रो कार्य व्यस्तता अनुमान गरेको भन्दा बढी हुन पुगेको भए तापनि व्यवस्थापनका साना मसिना विषयमा समेत पर्याप्त ध्यान पु¥याई कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

आजको कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरूले सात वटै प्रदेशमा कार्यरत मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन अधिकारीलगायतलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ