काठमाडौ १८ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्ध दुस्प्रचार गरिरहेको आरोप लगाउनु भएको छ ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले कांग्रेस एमालेलाई समाप्त पार्ने खेलमा लागिरहेको आरोप लगाउनु भयो ।
यद्यपी कांग्रेसको दुस्प्रचारबाट आफूहरुलाई कुनैपनि क्षति नहुने ओलीको जिकिर थियो । कांग्रेसले कम्युनिष्टहरुको सरकार बनेमा अतिवादी शासन व्यवस्था आउँछ भन्दै भ्रमपूर्ण प्रचार गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले विराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline