नेपाल कम्युनिष्ट पार्टीको चुनाब खारेजी अभियान तिब्र , बाबुराम भट्टराईको घरमा कालो झण्डा

नेपाल कम्युनिष्ट पार्टीको चुनाब खारेजी अभियान तिब्र , बाबुराम भट्टराईको घरमा कालो झण्डा

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाण्डौ , १८ कार्तिक ।चुनाब खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिबिधिहरुलाई तिब्र पारेको छ । चुनावको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना गतिविधिलाई तीब्र पारेको हो ।

हाल देशव्यापी रुपमा सङ्गठन सुदृढीकरण तथा चुनाव खारेजी अभियान संञ्चालन भइरहेको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी गोरखाले साङ्केतिक कार्वाही स्वरुप डा.बाबुराम भट्टराईको घरमा कालो झण्डा गाडिएको बताएको छ । शुक्रबार राती गोरखा पालुङ्टार नगरपालिकाको खोप्लाङ्स्थित भट्टराईको घरमा कालो झण्डा गाडिएको हो ।

नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई काँग्रेस–नयाँशक्ति गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपाले दलाल संसदीय व्यवस्थाका खराब प्रतिनिधिहरुलाई कुनै पनि हालतमा नछोडने बताएको छ ।

हाल देशव्यापी रुपमा संञ्चालन भइरहेको सङ्गठन सुदृढीकरण तथा चुनाव खारेजी अभियान गोरखामा पनि चलिरहेको नेकपा गोरखाका सेक्रेटरी गोपाल पाण्डेले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ