साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो : सिंह

साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो : सिंह

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,१८ कार्तिक ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रले दश वर्षभित्र मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था ल्याउने घोषणा गरेको भन्दै लोकतन्त्रवादी शक्तिले गम्भीर भएर सोँच्नु पर्ने अवस्था आएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. १ अन्तर्गत शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई नेपाली जनताले रोक्नुपर्ने बताए ।

‘दश वर्षभित्र साम्यवादी व्यवस्था ल्याउने भनेर एमाले र माओवादी केन्द्रले सहमति गरेका छन्’, उनले भने, ‘केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट शासन ल्याउने कुरा गरेका छन् । सहमति गरेका छन् ।’ साम्यवादी कम्युनिष्ट व्यवस्था नेपालमा आयो भने जनताको सबै हकअधिकार खोसिने कांग्रेस नेता सिंहले दाबी गरे ।

साम्यवादी व्यवस्था विश्वभरिबाट किन पतन भयो भन्ने कुरा एमाले र माअ‍ोवादी केन्द्रलाई सोँच्न नेता सिंहले सुझाव दिए । ‘साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो’, उनले भने, ‘जनताको अधिकार छिन्ने । एकदलीय शासन व्यवस्था ल्याउने । सबै कुरा केन्द्रबाट नियन्त्रण गर्ने । कम्युनिष्टहरूले बिरोधीलाई बोल्न नदिएर निषेध गर्नेसम्मका कार्य गर्ने छन् ।’ नेता सिंहले पहिलो संविधान सभामा कम्युनिष्ट पार्टीहरूको बहुमत हुँदाहुँदै संविधान जारी गर्न नसकेको बताए । ‘पहिलो संविधान सभामा कम्युनिष्टहरूको बहुमत थियो । तर, संविधान जारी गर्न सकेनन्’, उनले भने, ‘दोस्रो संविधानसभामा कांग्रेसलाई जनताले जिताएर पठाए । कांग्रेसको नेतृत्वमो संविधान जारी भयो । त्यो संविधानलाई भत्काउन एमाले र माओवादी लागेका छन् ।’ संविधानको रक्षा गर्नका लागि पनि कांग्रेसको जित आवश्यक रहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ