वैदेशिक रोजगार शून्यमा झार्छौं : अध्यक्ष ओली

वैदेशिक रोजगार शून्यमा झार्छौं : अध्यक्ष ओली

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

झापा, १७ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ ।

झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताउनुभयो ।

“एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो”, पूर्वप्रधानमन्त्री समेत रहनुभएकाले ओलीले भन्नुभयो, “गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।”

अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिनुभयो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “देशमा जुनसुकै व्यवस्था भए पनि मुलुकले समृद्धि र विकासको पथ समात्नुपर्छ ।”

उहाँले बिपी, गणेशमान जस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको काँग्रेस व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी