यी हुन् काँग्रेस र एमालेमा बागी उम्मेदवार

यी हुन् काँग्रेस र एमालेमा बागी उम्मेदवार

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भक्तपुर, १७ कात्तिक ।
भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडा भएका छन् ।

आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुबै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन् ।

भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) चाँगुनारायणमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिपी (देवीप्रसाद) ढकालले उम्मेदवारी दर्ता गराउनुभयो । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको भन्दै एमाले र (माओवादी केन्द्र)का नेता एवं दलका झण्डा बोकेर ¥यालीसहित आएका थिए ।

त्यसको आधा घण्टा पछि एमालेको केन्द्रीय नेता एवं कार्यकर्ताको जुलुसको नेतृत्व गर्दै पार्टीको झण्डा लिएर आफू आधिकारिक उम्मेदवार भएको भन्दै एमाले जिल्ला सचिव हरिशरण लामिछानेले निर्वाचान कार्यालयमा आएर उम्मेदवारी दर्ता गराउनुभयो ।

वाम गठबन्धनको तर्फबाट आफूले टिकट पाएको भन्दै ढकालले आफै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो भने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट ल्याएका लामिछानेले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो ।

वामगठबन्धन भए पनि यस क्षेत्रमा दुबै पार्टीको उम्मेदवारी परेपछि विवाद सिर्जना भएको छ । यता नेपाली काँग्रेसमा पनि यस्तै समस्या आएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ (क) सूर्यविनायकमा नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले दलबल र ¥यालीसहित उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यसको आधाघण्टापछि पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई टिकट दिएकाले आफै आधिकारिक उम्मेदवार भएको बताउँदै काँग्रेसका युवा नेता अंगद खड्काले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँको उम्मेदवारी परेसँगै काँग्रेस वृत्तमा तरंग पैदा भएको छ ।

सिलवाल भन्नुहुन्छ, “पार्टीले मलाई नै टिकट दिएको छ, त्यसैले काँग्रेसको आधिकारिक उम्मेदवार म हुँ, खड्काले कसरी टिकट पाउनुभयो मलाई थाहा छैन, उहाँको टिकट नै फर्जी हुनसक्छ ।” यता खड्काको दाबी पनि यस्तै नै छ । उहाँ भन्नुहुन्छ, “पार्टी सभापति शेरबहादुर देउवाले नै मलाई टिकट दिनुभएको हो, सिलवालजीले कहाँबाट टिकट ल्याउनु भो मलाई थाहा छैन, काँग्रेसको आधिकारिक उम्मेदवार मै हुँ ।” काँग्रेस र वाम गठबन्धनमा छुट्टाछुट्टै क्षेत्रमा बागी उम्मेदवार खडा भएपछि परेपछि तरंग र विवाद सिर्जना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ