राप्रपाको चुनावी घोषणापत्र : ‘राजासहितको प्रजातन्त्र’

राप्रपाको चुनावी घोषणापत्र : ‘राजासहितको प्रजातन्त्र’

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौँ, १७ कात्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रूपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
पार्टीको निर्माण गर्न लागिएको घोषणापत्रमा राजसंस्थाको आदर्शलाई उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ ।
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्ने विषयलाई समेत घोषणापत्रमा प्राथमिकतामा राखिएको छ । पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो ।
संविधान जारी भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गर्दै पार्टीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष सुनिश्चित गरिएको संविधान कार्यान्वयनतर्फ लागेपछि आफ्ना आदर्श परित्याग गरेको भन्दै सोही पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।
उत्पादन र वितरण प्रणालीलाई न्यायोचितरूपमा सबै जनताको पहुँचमा पु¥याउन आर्थिक उदारवादको लक्ष्य लिएको छ ।
पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने, व्यक्तिगत स्वतन्त्रता तथा सम्पत्तिको हकलाई सम्मान गर्ने विषयलाई प्राथमिकता दिइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ