ललितपुर , १७ कार्तिक ।
संस्थापन पक्षलाई बाईपास गरेको भन्दै उम्मेदवारी छनौट बिषयलाइ लिएर असन्तुष्ट बनेका ललितपुरका माओवादी भित्रैबाट पर्न लागेको बागी उम्मेदवारी रातभरीमा फिर्ता भएको छ ।
बिहीवार माओवादी केन्द्रका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गर्न लागेका जिल्लाका सबै नेतालाइ रातभरीको अभ्यासपछि माआवादीको शिर्ष नेतृत्व फकाउन सफल भयो । त्यसको महत्वपूर्ण भूमिका खेले
शिव कट्टेलले ।
उनले पार्टी प्रवक्ता पम्फा भुसालका विरुद्ध उम्मेदवारी दिन लागेका सरोज सिह डंगोल, लालकुमारी पुन (सुसिला) को विरुद्ध उम्मेदवारी दिन लागेका गणेश केसी, राजकाजी विरुद्ध उम्मेदवारी दिन लागेका अर्जुन कार्कीको बागी उम्मेदवारी रोकेका हुन ।
बाम गठबन्धन बनेपछि ललितपुर जिल्लामा माओवादी केन्द्रले ४ सिट पाउने गरि सहमती बनेको थियो । तर, प्रवक्ता भुसालकै कारण केन्द्रले पाएको सिट घटेको भन्दै असन्तुष्टि जनाएर भुसालकै विरुद्ध बागी उम्मेदवारी दिने तयारी गरेका थिए । त्यसपछि बाम गठबन्धनमा विवाद ल्याउदा र बागी दिदा जित्ने सिट पनि गुम्ने भएकोले त्यसो नगर्न कट्टेलले दौडधुप गरेका थिए । प्रचण्डसँग सिधै वार्ता गर्ने हैसियत राख्ने उनले जिल्लाको समस्याको बारेमा प्रचण्डसँग टेलिफोन सम्बाद गरेका थिए । प्रचण्डको कुराकानी पछि कट्टेलले बागी उम्मेदवारीको तयारीमा रहेका सबै नेताहरूसँग भेटघाट गरे ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो राती कट्टेल रातभरी सक्रिय रहेका थिए । पम्फा भुसालले कुनै चासो नदिए पनि उनी प्रचण्डसँगको कुराकानीपछि कसैका विरुद्ध बागी उम्मेदवार बनाउन नहुने निस्कर्षमा पुगे र रातभर भेटघाटमा लागे । त्यसको सुरुवात भुसालको विरुद्ध उम्मेदवारी दिने तयारीमा रहेका सरोज सिह डंगोलसँग बसे । त्यसपछि जिल्ला इन्चार्ज हरि दहाल ९ललित० लगायतसँग बैठक बसेर बागी उम्मेदवारी रोक्न लागे । त्यसका लागि उनले देशको राजनीतिक परिस्थिति बारेमा अवगत गराए । त्यसपछि बागी उम्मेदवारी दिने तयारीमा रहेकाहरुको फाइल कट्टेलले आफैसँग राखे र रोके । त्यसपछि कसैले पनि जिल्लामा बागी उम्मेदवारी दिएनन । जिल्लामा माओवादीले पाएको ३ सिटमै बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारी पर्यो ।
गठबन्धनबाट सयुक्त उम्मेदवार बनेपछि त्यसको फाइदा पम्फा भुसाल र नवराज सिलवाललाई हुने भएको छ । यदि भुसाल र सिलवालको विरुद्ध बागी उम्मेदवारी परेको भए नेपाली कांग्रेसले जित्ने सम्भावना हुन्थ्यो तर अब सबै मिलेपछि त्यो खतरा टरेको छ । यद्यपि चुनाव प्रचार कसरी गर्छन भन्ने कुरा महत्वपूर्ण छ । भुसाल ललितपुर क्षेत्र नम्बर ३ र सिलवाल क्षेत्र नम्बर १ का उम्मेदवार हुन । भुसाल र कांग्र्रेसका जिल्ला सभापती मदन अ्मात्य र सिलवाल र हालका अर्थराज्य मन्त्री उदय शम्सेर राणा बिच प्रतिस्पर्धा हुनेछ ।