ललितपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि ११८ जना चुनावी मैदानमा (सूचीसहित)

ललितपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि ११८ जना चुनावी मैदानमा (सूचीसहित)

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

ललितपुर, १७ कात्तिक । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ललितपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि बिभिन्न राजनितिक दल तथा स्वतन्त्र उम्मेदवार गरेर ११८ जनाले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नयाँ शक्ति पार्टी नेपाललगायतका दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाका लागि तीन निर्वाचन क्षेत्र रहेको ललितपुरबाट ४७ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेशतर्फ ६ निर्वाचन क्षेत रहेको ललितपुरमा ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका नवराज सिलवालले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. १ को (क) मा माओवादी केन्द्रकी लालकुमारी पुन (सुशील), क्षेत्र नं. १ को (ख) मा एमालेका चेतनाथ सञ्जेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उदय शमशेर राणाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि ललितपुर क्षेत्र नं. १ को (क) मा ऋषिराम घिमिरे, क्षेत्र नं. १ को (ख) मा मीनकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ मा रहेका प्रदेशसभाका २ पदका लागि २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत सुरेशराज खनालले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको ‘क’ तर्फ ९ र ‘ख’ तर्फ १४ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन ।

त्यस्तै बाम गठबन्धनका तर्फ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका कृष्णलाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि ललितपुर क्षेत्र नं. २ को (क) मा एमालेका माधव पौडेल, क्षेत्र नं. २ को (ख) मा ज्ञानेन्द्र शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसकातर्फ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चन्द्र महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. २ को (क) मा पवन बिक्रम थापा, क्षेत्र नं.२को (ख) मा प्रेमकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभा तर्फ १३ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेशसभाको ‘क’ मा १० र ‘ख’ मा १३ जनाको उम्मेदवारी परेको छ ।


त्यसैगरी बाम गठबन्धनका तर्फ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रदेशसभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ को (क) मा माओवादी केन्द्रका राजकाजी महर्जन, क्षेत्र नं. ३ को (ख) मा एमालेका जीवन खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकातर्फ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मदनबहादुर अमात्यले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ३ को (क) मा नवराज महत, क्षेत्र नं. ३ को (ख) मा शिवराम बाँनियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ १३ र प्रदेशसभाको ‘क’ मा १२ र ‘ख’ मा १३ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्र ललितपुरमा भाडभैलि : पम्फा , महर्जन र पुन विरुद्ध माओवादीबाटै बागी उम्मेदवार खडा !

 

दिउँसो बागी उम्मेदवारी दिन तयार माओवादी नेताको निर्णय रातारात यसरी भयो परिवर्तन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ