जनयुद्धका चार कमाण्डर भन्छन् , टेकबहादुर बस्नेतको दादागिरी र चम्चागिरीविरुद्ध बागी उम्मेदवारी दिएका हौँ

जनयुद्धका चार कमाण्डर भन्छन् , टेकबहादुर बस्नेतको दादागिरी र चम्चागिरीविरुद्ध बागी उम्मेदवारी दिएका हौँ

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

१७ कात्तिक,काठमाडौं । माओवादी केन्द्र सल्यानमा बबण्डर मच्चिएको छ । चुनावको टिकटमा दादागिरी र चम्चागिरी भएको भन्दै जिल्ला पार्टीले निर्णय नै गरेर संघ र प्रदेशसमा उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्रका नेता तथा विना विभागिय मन्त्री टेकबहादुर बस्नेतको दादागिरी र चम्चागिरीकै अाधारमा केन्द्रले निर्णय गरेको भन्दै जिल्ला पार्टीले निर्णय नमान्ने भन्दै छट्टै उम्मेदवार घोषणा गरेको हो । माकेका अाधिकारिक उम्मेदवार बस्नेत र प्रदेसका दुबै क्षेत्रमा जिल्ला पार्टीले उम्मेदवारी दिने निर्णय गरेको हो ।

सल्यानको माओवादी आन्दोलनका संस्थापक चार हस्ती नै एमाले-माके गठबन्धनविरुद्ध लागेपछि निकै चुनौती थपिएको छ । जनयुद्धको सुरुवातीका जिल्ला सेक्रेटरी उमाकान्त शार्मा, जनमुक्ति सेनाका तत्कालिन प्रवक्त भीमप्रका शर्मा, ज्ञानबहादुर ओली र जीतबाहादुर पुनलाई जिल्ला पार्टीले उम्मेदवार घोषणा गरेको हो । चारै जना नेताहरु जनयुद्ध हुँदै हासम्म पार्टीका महत्वपूर्ण मोर्चा समाल्दै अाएका छन् ।

एमाले-माके चुनावी गठबन्धनको निर्णयअनुसार एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानको संघमा माओवादी केन्द्र र प्रदेशका दुबै क्षेत्रमा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

संघमा माकेका टेकबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । नेता बस्नेताले जिल्लाका अन्य नेताहरुलाई निषेध गर्न दुबै क्षेत्र एमालेलाई दिन सिफारिस गरेको आरोप विद्रोही उम्मेदवारको छ । ”एमालेले प्रदेशको एउटा क्षेत्र तपाईँहरु नै राख्नुस् भन्दा पनि बस्नेतले अन्य नेतालाई निषेध गर्ने नियतले दुबै क्षेत्र एमालेलाई दिन अाग्रह गरे, जो यहाँका जनता र कार्यकर्ताको भवनाको विरुद्धमा छ” एक विद्रोही उम्मेदवारले भने ।

“टेकबहादुरजीले पार्टी अध्यक्षसँग चम्चागिरी गर्ने, जिल्लामा दादागिरी गर्दै आएका छन् । धेरै पटक सहदै आयौं, तर अति नै भयो, अब सहदैनौं” एक नेताले भने । उनले पार्टी केन्द्रलाई पटक पटक भन्दापनि नसुनेका कारण आफूहरु बाध्य भएर विद्रोहमा उत्रेका बताए ।

स्थानीय चुनावमा पनि बस्नेतले आफू निकटकालाई टिकट वितरण गरेपछि उत्पन्न विवाद केन्द्रसम्म पुगेको थियो । करिब दुई दर्जन नेताहरुले राजिनामा दिएका थिए । पार्टी अध्यक्ष प्रचण्डले आफू जिल्लामै आएर समस्या समाधान गर्ने आवश्वासन दिएपछि जिल्ला फर्केका थिए ।

“स्थानीय चुनावमा पनि बस्नेतले पार्टीभित्र आतंक मच्चाएर पार्टी र आन्दोलनमा भूमिका भन्दापनि पैसामा टिकट बिक्री गरे, अहिले आफू बाहेक सबैलाई चम्चागिरी गरेर सबैलाई निषेध गरे” एक विद्रोही उम्मेदवार भने ।

जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले पनि एमाले–माकेको चुनावी गठबन्धको निर्णय गलत भएको बताए । नेता उमाकान्त शर्मा, ज्ञानबहादुर ओलीले बस्नेत विरुद्ध उम्मेदवारी दिएका छन् । उमाकान्त पहिलो संविधान सभा निर्वाचनमा निर्वाचित सभासद् समेत हुन‍् ।

पोलिटव्यूरो सदस्य भीमप्रकाश शर्मा प्रदेशसभाको क्षेत्र नम्बर (क) बाट विद्रोही उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेका नेता गुलावजंग शाहलाई साँझा उम्मेदवार बनाएका छन् ।

त्यसैगरी प्रदेशसभाको (ख) मा माओवादी केन्द्रका जीतबहादु पुनले उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ