देउवा र भट्ट तेस्रो पटक अामनेसापने, भट्टका दुई चुनौती : कस्ले मार्ला बाजी ?

देउवा र भट्ट तेस्रो पटक अामनेसापने, भट्टका दुई चुनौती : कस्ले मार्ला बाजी ?

  • शुक्रबार, कार्तिक १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

१७ कात्तिक,धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता खगराज भट्ट तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

पहिलो संविधानसभा चुनावमा पहिलो पटक देउवा र भट्टबीच प्रतिस्पर्धा भएको थियो । जनयुद्धको रापतापकै बीच भएको उक्त चुनावमा देउवाले थोरै मतले भएपनि बाजी मारे ।

नेपाली काँग्रेसका सभापति देउवासँग माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिका स्थायी समिति सदस्य भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई एमालेले साथ दिएको छ भने देउवा एक्लै मैदानमा ।

पहिलो संविधानसभामा चुनावी तालमेल भएपनि नारायणकाजी श्रेष्ठको जनमोर्चाले धोका दिएपछि थोरै मत पराजय भोगेका भट्टले दोस्रो संविधानसभामा भने ठूलो मतान्तरले पराजय भोग्नु परेको थियो ।

पटकपटक प्रधानमन्त्री भएका देउवाले डडेल्धुरामा आफ्नो राम्रो पहुँच बनाएका छन् । त्यसैले उनलाई पराजय गर्नु भट्टका लागि फलामको चिउरा चपाउनु सरह हो । माओवादी केन्द्रले आफ्नै बल बुताले देउवालाई हराउन सक्दैन नै  । तर, यसपटक एमालेको साथ भएका कारण भट्टले प्रतिस्पर्धा गर्ने देखिन्छ ।

जनयुद्धमा लामो समय विभिन्न मोर्चा समालेको नेता भट्ट सहिद परवार हुन् । जनयुद्धमा रगत बगेका कारण उनलाई जनताले पनि सम्मान गर्छन् ।

भट्टका दुई चुनौती

पहिलो, आफ्नै भित्रको अन्तरघात । केही समय अगाडि मात्रै खगराज भट्टले पार्टीमा भ्रष्टाचार गरेको भन्दै माओवादी केन्द्रका अर्का नेता लेखराज भट्टलाई कारवाहीको लागि अध्यक्ष प्रचण्डलाई निदेलन लेखेका थिए । त्यसको जवाफमा लेखराजले पुष्टि गर्न चुनौती दिएका थिए ।

विवाद चुनावमा टिकट वितरणकै कारण बाहिर आएको थियो । खगराजले यो पटक प्रत्यक्षमा चुनाव नलड्ने भन्दै समानुपातिकमा जान चाहेका थिए । तर, लेखराजले प्रत्यक्षमै लड्नु पर्ने दवाव दिएको बताइन्छ । देउवासँग भिडाएर फेरिपनि हराउन लेखराजले समानुपातिकमा नाम नराखिदिएको खगराजको आरोप छ ।

डडेल्धुराको संगठनमा खगराजको भन्दा लेखराजको पकड बलियो छ । त्यसकारण पछिल्लो अन्तरविरोधले कतै काम गरे खगराजलाई थप चुनौती हुनेछ ।

दोस्रो, जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समयदेखि अन्तरविरोध छ । एकले अर्कालाई निषेध गर्दै आएका थिए । डडेल्धुराका एमाले व्यवहारिक रुपमा खगराज भन्दा देउवा निकट छन् । एमाले इमान्दार नबन्ने वितिकै माओवादी केन्द्रको हार निश्चित छ । जित्न एमालेको मतदाताको भर पर्नुपर्ने अवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ