बालकृष्ण ढुंगेललाई काल कोठरिमा पठाएर प्रचण्डले अबिर लगाउँदा !

बालकृष्ण ढुंगेललाई काल कोठरिमा पठाएर प्रचण्डले अबिर लगाउँदा !

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाणडाै ।

ओखलढुंगाका उज्जन कुमार श्रेष्ठलाई हत्या गरेको अभियोगमा आठ बर्ष पहिले आजिबन कारावास को सजाय तोकिएका नेता बाल कृष्ण ढुङगेललाइ चुनाव प्रचार प्रसारका लागि ओखलढुंगा खताइएको थियोे । लामो समय जोगिदै आएका उनलाई यस पटक रह्स्यमय तरिकाले पक्राउ गरियो १५ कार्तिकमा ।

यति सम्म कि उनी पक्राउ परेको तीन दिन बित्दा समेत जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्डले कुनै मुख खोलेका छैनन् । यता मृगौला पीडित समेत रहेकोे ढुङ्गेल जेलमा पिडा सहदै बस्दा कुनै प्रतिकृया नजनाउने प्रचण्ड चितवनमा मुस्कुराउदै अबिर माला लगाएर आज उम्मेद्वारी दर्ता गर्दै थिए ।

अर्कोतिर माओवादी आन्दोलन जारी राख्ने भन्दै संघर्स गर्दै आएका बिप्लव नेतृत्वको नेकपा प्रचण्डकै पार्टीको नेता रहेका ढुङ्गेलको रिहाइको माग राखेर शान्तीबातिकामा नारा लगाउदै थियो । ढुङ्गेलको बारे कुनै प्रतिक्रिया नजनाए पछि प्रचण्ड को चौतर्फी बिरोध भएको छ ।
स्रोतले जनाए अनुसार एमाले संगको गठबन्धन र पार्टी एकता प्रभावित हुन सक्ने भयले प्रचण्ड चुनाब अघि मुख नखोल्ने सोचाइमा पुगेका छन् ।

उम्मेदवारी मनोनयन गर्न जादैँ प्रचण्ड ।

जे गरे नि चुनाब पछि गराउला अहिले केहि नभनौ भनेर दबाब दिन जाने हरुलाइ उनले जवाफ दिने गरेको बुझिएको छ ।
युद्धको कमान्डर सबै सुबिधा सहित सत्ताको भोगमा लाग्ने तर कार्यकर्ता जेल जाँदै गर्दा प्रचण्ड कसरी हास्दै छन् ? कतै भोलि ऊनी स्वयमलाइ पनि यही फन्दामा पार्ने त हैन ? भन्दै माओवादी नेता कार्यकर्ता चिन्तित हुन थालेका छन् ।

  जनयुद्धका योदा बालकृष्ण ढुंगेललाई जेल लगिदै ।

 

 ढुंगेलको रिहाईको माग गर्दै सडकमा बिरोध प्रदर्शन गदै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी