सल्यानमा पार्टीकै निर्णयअनुसार माओवादी केन्द्रका नेताहरुले दिए बागी उम्मेदवारी

सल्यानमा पार्टीकै निर्णयअनुसार माओवादी केन्द्रका नेताहरुले दिए बागी उम्मेदवारी

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

१६ कात्तिक,सल्यान । केन्द्रमा बनेको चुनावी गठबन्धनलाई चुनौती दिँदै माओवादी केन्द्रका नेता भीमप्रकाश शर्मा, उमाकान्त शर्मा, ज्ञानबहादुर ओली र र जीतबहादुर पुनले ‘विद्रोही’ उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी छनोटबारे नेकपा एमाले र माओवादी केन्द्रले गरेको आधिकारिक निर्णयलाई नमान्ने बताउँदै जिल्ला पार्टीको निर्णयअनुसार नै उम्मेदवारी दिएका हुन् ।

उमाकान्त र ओलीले आफ्नै पार्टीका प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका छन् भने शर्मा र पुनले एमाले उम्मेदवारविरुद्ध ।

“जिल्ला पार्टीको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ । म बागी होइन, विद्रोही उम्मेदवार हौं” उम्मेदवारी दर्तापछि भीमप्रकाश शर्माले अनलाइन डबलीसँग भने । पार्टी केन्द्रले जनताको भावनाको कदर नगरेका कारण जिल्ला पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए ।

पार्टीको निर्देशनपछि फिर्ता लिनुहुन्छ ? भन्ने अनलाइन डबलीको प्रश्नको जवाफमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेका शर्माले भने, “यो शब्द नै ननिकाल्नुस्, फिर्ता होइन हामी जितेर देखाउँछौँ” भने । उनले जनयुद्धमा सल्यानमा जनताको लगानी, बलिदानको अपमान हुने गरी दुबै क्षेत्र एमालेलाई सुम्पेका कारण आफूहरुले उम्मेदवारी दिएको बताए । शर्माले जनता र सहिद परिवारको आग्रहमा आफूहरुले उम्मेदवारी दर्ता गराएको बताए ।

पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दिनुभयो, जित्ने आधार के हो ? भन्ने प्रश्नमा शर्माले भने, “सल्यान जनयुद्धको आधार क्षेत्र हो, माओवादीकै नेतृत्वमा ठूलो बलिदानी भएको छ, जनताको आग्रहअनुसार हामीले उम्मेदवारी दिएका हौँ । जनताको भावना नै हाम्रो जित्ने आधार हो ।”

पोलिटव्यूरो सदस्य शर्मा प्रदेशसभाको क्षेत्र नम्बर (क) बाट विद्रोही उम्मेदवारी दिएका छन् । त्यहाँ एमालेका नेता गुलावजंग शाहलाई साँझा उम्मेदवार बनाएका छन् ।

त्यसैगरी प्रदेशसभाको (ख) मा माओवादी केन्द्रका जीतबहादु पुनले उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् ।

केन्द्र पार्टीले वितरण गरेको उम्मेदवारीप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सल्यानको आपत्तकालिन बैठकले प्रदेशका दुबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

एमाले–माओवादी केन्द्रले संघमा माओवादी केन्द्र र दुबै प्रदेश एमालेलाई दिने सहमति भएको थियो । विद्रोही उम्मेदवारी दर्ता गराएका सबै नेताहरु सल्यानमा माओवादीको संस्थापक हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ