शीर्ष नेताद्वारा मनोनयन दर्ता , कस्ले कहाँबाट उम्मेदवारी दिए ? (सूचिसहित)

शीर्ष नेताद्वारा मनोनयन दर्ता , कस्ले कहाँबाट उम्मेदवारी दिए ? (सूचिसहित)

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं कार्तिक १६, ।
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फ बिभिन्न दलका शीर्ष नेताहरुले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउन सम्बन्धित निर्वाचन क्षेत्र पुगेका नेताहरु नारा जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुुराबाट उम्मेदवारी दिनुभएको छ ।
देउवाले आफना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गराउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दिनुभएको छ । भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट उम्मेद्वारी दिनुभएको छ ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवारी दिदा सोही क्षेत्रबाट कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले इलाम १, माधवकुमार नेपालले काठमाडौं २ र सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।

उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर एकबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसको सर्मथनमा थापा मकवानपुर क्षेत्र नम्बर एकबाट उम्मेदवार बन्नु भएको हो ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दिनुभएको छ भने उहाँविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दिनुभएको छ । मोरङ ६ बाट कांग्रेस नेता डाक्टर शेखर कोईरालाको उम्मेदवारी परेको छ भने बाम गठवन्धनका तर्फबाट एमाले नेता लालवाबु पण्डितले उम्मेदवारी दिनुभएको छ ।

मोरङ ४ बाट कांग्रेस नेता महेश आर्चायले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ