गोपाल किराँतीको मागः श्रीमान् मृतक उज्वलकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट हेर्न पाऊँ

गोपाल किराँतीको मागः श्रीमान् मृतक उज्वलकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट हेर्न पाऊँ

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

१६ कात्तिक,काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पूर्वसभासद् बालकृष्ण ढुंगलेले हत्या गरेको भनिएका उज्वनकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट हेर्न माग गरेका छन् ।जनयुद्धकालमा भएको घटनामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालते सर्वस्वसहित कैदको फैसला गरेको थियो ।
नेता किराँतीले ढुंगेलले हत्या गरिएका भनिएका श्रेष्ठको पोस्र्टमार्टम रिपोर्ट खोजी गर्न माग समेत गरेका छन् ।

किराँतीले जेलमा ढुंगेललाई भेटेपछि सामाजिक संजालमा लेखेका छन्ः

सम्मानित सर्वोच्च अदालतका न्यायधीशद्वय तपबहादुर मगर राजेन्द्रप्रसाद कोइरालाले कमरेड बालकृष्ण ढुंगेलविरुद्ध गर्नुभएको फैसलाको प्रतिलिपिउतार पृष्ठ १५ लेखिएको छ, ‘पोस्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भन्ने उज्वलकुमारको मृत्यु कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’

आश्चर्यको कुरा, मृतक भनिएको उज्वलकुमार श्रेष्ठको लास नै फेला परेको छैन । त्यसैले एक जना नागरिकको हैसियतले सम्मानित अदालतबाट उक्त पोस्मार्टम रिपोर्ट हेर्न पाउने अधिकार हुँदा सामाजिक सञ्जालमार्फत श्रीमानसमक्ष यो निवेदन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ