प्रचण्डलाई हराउन एमालेले न्यौपानेलाई बागी उठाईएको हो त ?

प्रचण्डलाई हराउन एमालेले न्यौपानेलाई बागी उठाईएको हो त ?

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

१६ कात्तिक,चितवन । नेकपा एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध अझै सुधार हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले देवी ज्ञवालीलाई प्रचण्डसँग भेट गराएपनि अझै धेरै एमालेका युवाहरु माओवादी केन्द्रसँग चिडिएकै छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव लड्ने क्षेत्र नम्बर ३ बाटै एमालेका युवा नेता राम न्यौपानले बागीको घोषणा गरेका छन् । एमालेको बलियो जनाधार हुँदाहुँदै पनि माकेलाई दिएको भन्दै उनले स्वातन्त्रबाट उम्मेदवारी दिने बताएका छन् ।

एमाले–माकेका साझा उम्मेदवार बनेका प्रचण्डलाई हराउने भन्दै न्यौपानले उम्मेदवारी घोषणा गरेको चर्चा सुरु भएको छ । तर, न्यौपानेले प्रदेशमा बागी उम्मेदवारी घोषणा गरेका हुन् ।

सो क्षेत्रका चर्चित युवा नेता न्यौपानेले प्रदेशतर्फ क्षेत्र ३ (ख)मा बागी उम्मेदवारी दर्ता गर्ने बताएका छन् । उनले सो क्षेत्रबाट एमालेलाई निषेध गरिए प्रचण्डलाई हराउने चेतावनी समेत दिएका छन् ।

प्रचण्डलाई जिताउनकै लागि एमाले-माके गठबन्धले सो क्षेत्रका प्रदेशका दुबै क्षेत्र पनि माओवादी केन्द्रलाई दिएको छ । तर एमाले नेताहरुले एउटा प्रदेश आफूहरुले नपाए प्रचण्डलाई सहयोग नगर्ने बताउँदै आएका छन् । एमालेले भित्रभित्रै प्रचण्डलाई हराउने षड्‍यन्त्र हुन सक्ने अाशंका माओवादी केन्द्रका नेताहरुले गरेको छन् ।न्यौपानको बागी उम्मेदवारी पनि सोहि असन्तुष्टिका कारण योजनाबद्ध रुपमा आएको चर्चा सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ