अछाममा एमाले , माओवादी र काग्रेसबीच कडा टक्कर , भीम रावलदेखि अक्कल रावलसम्म : कस्का बिरुद्ध को भिड्दै ?

अछाममा एमाले , माओवादी र काग्रेसबीच कडा टक्कर , भीम रावलदेखि अक्कल रावलसम्म : कस्का बिरुद्ध को भिड्दै ?

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१६ कात्तिक,मंगलसेन । दोस्रो चरणको संघ र प्रदेशको चुनाव अन्तरगत आज मनोनयन दर्ता हुँदैछ । जिल्लामा मुख्य गरी नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई निर्वाचन क्षेत्र रहेको अछाममा विवादका बीच तीनै पार्टीले उम्मेदवारी वितरण गरेका छन् । स्थानीय नेता–कार्यकर्ताहरुले आफूहरुको भावनाको कदर पार्टीले गर्न नसकेको बताएका छन् तर बागी भने कसैले घोषणा गरिसकेका छैनन् ।

एमालेका उपाध्यक्ष भीम रावल प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन् । उनलाई टक्कर दिँदैछन्, काँग्रेसका भरतकुमार स्वारले । एक पटक जिल्ला सभापति भइसकेका स्वार काँग्रेसका सभापति समेत हुन् ।

यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्व सभापति र एमालेका सचिवबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । काँग्रेसका पुष्पबहादुर शाह र एमालेका यज्ञबहादुर बोगटी चुनावी मैदानमा उत्रेका छन् ।

प्रदेशसभाका चार क्षेत्रमध्ये एमाले र माकेले दुई–दुई भाग गरेका छन् भने क्षेत्र नम्बर १ को (क) मा काँग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवरले उम्मेदवारी पाएका छन् । सोही क्षेत्रको (ख) मा माकेका झपट बोहरा र काँग्रेसका टेकबहादुर साउँदबीच प्रतिस्पर्धा हुने भएको छ । बोहरा व्यवसायी हुन् भने साउँद कांग्रेसका पूर्व जिल्ला सचिव हुन् ।

क्षेत्र नम्बर २ को (क) मा एमाले–माकेको तर्फबाट अक्कलबहादुर रावल र काँग्रेसबाट सुरतबहादुर विष्टबीच प्रतिस्पर्धा हुने भएको छ । युवा नेता रावलका विष्ट मावलीतिरका हजुरबुबा हुन् । सोही क्षेत्रको (ख) प्रदेशमा काँग्रेसबाट बलबहादुर कुँवर र एमालेबाट बलबहादुर सोडारीले टिकट पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ