यो कस्तो संयोग हो आफ्नै पार्टी र सहयोद्धा सत्तामा हुदा बालकृष्ण जेल पुग्नु पर्ने ? प्रश्न, शंका र आक्रोश समानान्तर कुदिरहेका छन ।
जब बालकृष्ण ढुङ्गेल गिरफ्तार परि जेल चलानको खबर आयो लाखौं दिमागहरुमा एकाएक आक्रोसको ज्वाला दन्कियो। एकातिर संसदिय राजनीतिले चुनावी टिकटको बिस्कुन सुकाइरहेको छ ।अर्कोतिर ब्यवस्था वदल्ने आन्दोलनका एक होनहार योद्धा घेरामा परि चिसो जेलमा मिल्काइन्छ ।
सम्झना छ की छैन गणतन्त्रको शर्मागर्मी यात्रा बारेमा । कोही कसैले शहरमा एक–दुई दिन सर्ट मैलो बनाएकै भरमा गणतन्त्र सम्भव थिएन । यहाँ सम्म आइपूग्न थुप्रै सेता कमेजहरु रगत लतपतीएर राता भएका छन् । बुझीराखौं रैती या दास भएर बाँचेका जीवनहरु बदलिन वोकेको बन्दुकले बँदेल मारेर सम्भव थिएन । त्यसैले सुप्रीमोको निर्देशनमा वालकृष्णले सामन्ती सत्ताको आडमा आंतक मच्चाउनेहरुलाई निसाना बनाएकै हुन । त्यसपछी मात्र श्रीमान गम्भिर गाडेर सयौं थुङ्गा फूल उनीएको हो ।
जिज्ञासा जन्मिन्छ कानुनको प्रतिमूर्तीको आँखामा कालो पट्टी बाँधीएको देखे पछी लाग्छ कानुनको चक्छु अन्तर्यमा हुन्छ । त्यो पनि विश्वास लाग्दैन । कानुनमा नकोरीएका स्वार्थ र नखुलाईएका अर्थहरु निहीत हुन्छन् । यही हो ढुङगेल माथीको गरिएको हर्कत पनि ।
वर्षको अन्तिम दिन (२०७३ चैत्र ३१ गते) अदालतले ओखल ढुङ्गाको आगनी तिर आँखा लगाउदै तीन हात लामो बरीयो बोकेर पाकलीका प्रीय पात्र बालकृष्णलाई वलजवस्ती बुझाउन आदेश दिएको थियो । र आज त्यही आरोपमा उनलाइ गिरफ्तार गरि जेल पठाएका छन । यो कस्तो संयोग या योजना हो सहयोद्धा मन्त्री छन अर्को लाई जन्मकैद भोग्नु पर्ने ? समयको प्रभाव हो या साइनोको उन्माद न्यायलय जतातिर फर्कीन खोजीरहेको छ । यो त्यती शोभानीय र मननीय पटक्कै छैन । अर्को तिर सुप्रीमो मोहरुको मौनताले प्रश्न जन्मेको छ बालकृष्ण समातिएका हुन या बुझाइएका हुन ।
बेलाले हो या भेलाले हो । यति वेला रामचन्द्र काफ्लेको गीत सम्झीरहेको छ :– काला कोटेले छ महिने जागिर खायाँ ……….. दैयाँ मर्यो आफ्नो पीरले म मरे सुर्तैले …….।
गीतमा उनीएका शब्द जस्तै कालो कोटधारी विना दारीका श्रीमानहरुले आफ्नै पिरले मृत्यु भइसकेको पंचायती प्रपन्चको पर्लाप गरीरहेका छन् । जो ०४६ मा छिरोलीदै, ०५२ को विस्फोटमा परी ०६२ को वतासमा विलायो । त्यसकारण जागीरदार मनुष्यहरुले जमीनदारको झल्को नदिएकै राम्रो होला ।
श्रीमानजीहरुलाई थाहै होला समाज आफै बदलिदैन । प्रवृति आफै ढल्दैन । अनी जीवन आफै चल्दैन । त्यसको लागि अदम्य साहसी सीपाइहरु परेड खेल्नु पर्दछ । यही वास्तविकता बुझेर वादलले घेरीएको राजनीति फेर्न होमीए वालकृष्ण जनमूक्ती सेना बनेर सबै खाले अन्यायबाट मुलुक मूक्त गर्ने सपना वोकेका मानव मध्य एक हुन वालकृष्ण । उनी जस्ता सयौं शहीद भए हजारौ हराए लाखौ लामबद्ध भए पछी सामन्तवाद ढल्यो र आयो गणतन्त्र । अफसोच ढालीनुपर्नै सबै ढालीएनन्, फाल्नु पर्ने सबै फालीएनन् अनी बाल्नु पर्ने सम्पूर्ण वालीएनन् त्यसैले आदेशहरु बनेर आएका छन मसानहरु ।
अदालहरुमा राजनीतिक रंग कालो कोटले छिपाउने राणाकालीन भ्रम र भरमजदुरीता देखीन्छ तर जनता जवरजस्त जान्दछ च्यातीएका भोटोबारेमा । अमुक दलको भर्याँङ्ग चढेर भर्ती हुने अनि निश्पक्षताको पाठ पढाउन मिल्दैन । त्यसैले जनताले यस्तो नौटंकी लाई सेन्सर गर्ने अधिकार राख्दछन । जनताले कसरी भुल्ने न्याय कीन्न नसकेर बर्दी विहिन बनेकी पार्वती थापालाई, कसरी आखाँ बन्द गर्ने, पैसाको अभावमा फैसला नपाएका डुलीरहेका जनतालाई, त्यसैले आँधीमय दिनहरु गुजारेर आएका बालकुष्णलाई कानुनको स्वस्थानी सुनाएर राम्रो गरेनौ । कीनकी गाउहरुमा स्वस्थानी सुन्दा धेरै ऊखुवारी फाडीएका हुन्छन् । यो जनाताले बुझेकै छन् । कारीन्दाको कहर काट्ने रहर हो या रेग्मी ग्रन्थीको सवार हो । जे सूकै भए पनि आगामी दिनमा यो सम्भव छैन । हजारौ सपुतको रगतले सिंचित गणतन्त्रमा प्रतीगामी सरुवा हुर्कीन सम्भव छदै छैन । त्यसैले त्याग, समर्पण र बलिदानीले आर्जीत गरेको आजमा हिजोको जस्तो हवस चल्दैन ।
बालकृष्णलाई बाह्र वर्ष बाँण हान्न सिकाउनेहरु अहीले देशका चल्ताफुर्ता मुखिया बनेका छन । उनी यो ब्यवस्थाको बलिया खम्बा बनेका छन तर पनि बालकृष्ण विथोलीनु पर्नै कारण के हो ? हुनसक्छ ब्रत बस्ने एउटा फलाहार खाने अर्कै पर्यो । त्यसैले भैरवनाथमा रगतको भेल बगाउनेहरु पुरस्कृत हुन्छन अनि लडाकुहरु लत्याइन्छ्न ।
धेरैले बुझीरहेका छन् । बालकृष्णलाई बलिको बोको बनाउने अनी कुर्सी थमौंतीको पोको स्याहर्ने दाउपेच पनि । यदी यो सत्य नहुदो हो त प्रचण्ड प्रमुख रहेको सत्तामा ढुङ्गेललाई ढयाङग्रो कसरी सम्भव छ ? प्रश्न जटील र गम्भिर छ । शान्ति र विकासको रगीचङ्गी छाता ओडेका मनुवाले आफ्नै जनता र कार्यकर्ता रुझीहरुको नदेख्दा संभावीत बाढीबाट कसरी बच्लान जिज्ञासा जारी छ । ख्याल गरौ जुन दिन तिमिले दिल्लीको सेवा गर्न कमि गर्नेछौ तिम्रो पालो आएको बुझ्ने छौ।
श्रीमानहरुलाई सम्झाउन पर्दैन होला यहाँ फरार हुने र अवज्ञा गरीरहेनेको जमात लोगो लगाएर सिंह दरवार र आइ.सी.सी. भवन वरीपरी डुलीरहेका छन् । यो समाजमा द्धन्द्धकालीन मुद्वा व्युँत्ताएर कोही कसैको स्वास्थ्यलाभ हुने सम्झीएको छ भने दिल वहादुर लाई गोली दाग्ने, कृष्ण सेन इच्छुकलाई कत्लेआम गर्ने दोरम्वा घटाउने कालीकोट, रोल्पा, अछाम, सीरसीकोट सम्झाउने कोशीस हो भने जनताको अदालतमा थन्किएका मुद्धाहरुको फाइल अवश्य खोलीन्छ ।
त्यही समयमा ८ हजार ५ सय २५ जना माओवादी भएको आरोपमा हत्या गरीएको छ भने १ हजार ५४ जना लाई राज्यले नै वेपत्ता पारेको छ । अव जनताले सम्बन्धित शासक र प्रसाशक लाई पूर्जी काट्ने शन्दर्भ आएकै हो त ? यदी हो भने अदालतको साहरामा उज्जन श्रेष्ठको वल्छी वोकेर गणेश श्रेष्ठको लाठ्ठी टेकेर आउन जरुरी छैन् । घोषणा गर्दा हुन्छ खुलेर । वालकृष्ण ढुंगेललाई पीडित र समाजकै लागि खतरा देख्ने दरवारीयाहरुले वारेन्ट जारी गर्दा झुपडीका राता मान्छेहरु मौन बस्लान भन्ने सोचीएको छ भने त्यो दृर्भाग्यपूर्ण हुनेवाला छ । दुनीया फेरीदा पनि अदालत गजक्क परेर उही र उस्तै बसेको दृष्य अव जनताले पचाउन सक्दैनन् । त्यसैले जनताले लाज पचाइदिएको संस्थाले प्रतिगामी भद्धा चरीत्रे नदेखाए हुन्छ । राज्यले नै विस्तृत शान्ति संझौता भंग भएको घोषणा गरेकै हो भने जनताको अदातले ७ घण्टे वारेन्ट जारि गर्न सक्दछन् । त्यसैले आफुतिर फर्केका औलाको संख्या गन्दा गतिलो होला ।
सामन्तवाद अस्विकार गर्ने जनताको अधिकार र राष्ट्रको श्वाधिनताका लागी संघर्ष गर्ने यहोद्धाहरु अपराधी हुन्छन भने सिंहदरबार र सर्वोच्च वाहिर का सबै भूगोल जेल हुनेछन भने करोडौ जनता बन्दी बन्ने छन । माओवादी नेतृत्वमा संचालीत जनयुद्धमा होमीएका र सहयोग समर्थन गर्ने जनतालाई वालकृष्ण ढुङ्गेल देख्छौं भने आफ्नो लागि मूलुक वाहीर बन्दोवस्ती गरेहुन्छ महासय ।
जनयुद्ध विना जनताको जीवन शुन्य जस्तै थियो । जव वालकृष्ण जस्ता हजारौं मान्छे संघर्षमा जोडीए गरीव निमुखाहरु मुल्यवान र अर्थपूर्ण अस्तित्व सहित वाँचिरहेका छन् । यद्यपी जती पाएका छन आफैमा पूर्ण थिएन र छैन् । जस्को जगमा नयाँ संघर्षको सृष्टी हुदैछ । यदि सत्ताधारी सस्थाले यस्तै हर्कत राख्ने हो भने लाखौं वालकृष्णहरु अन्तिम पटक बौलाह बन्नेछन् र त्यो बेला कोहि सुरक्षीत रहने छैनन् ।
त्यसैले आँखा विनाको आर्दश, श्वास विनाको संविधान, कान विहिन कानुनको मुकुण्डो लगाएर, बालकृष्ण मात्र होइन कोही कसैमाथी कर्के नजर लगाएर तिम्ले दिएको चुनौती चक्नाचुर हुनेछन ।
हिजोका संघर्षको भट्टीका माओवादी र आजका इमान्दार नेता कार्यकर्ता र जनता मुलुकमा प्रतिकान्ती भएकोमा अझै शंका गरिबस्न थालियो भने सिमित दलाल बनेक नेता बाहेक सबैका दिन यस्तै हुने नै देखिन्छ । त्यसैले यहि ब्यवस्था , यिनै नेता र यहि प्रवृतीको भरमा पर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु शिवाय केही हुनेछैन