झलनाथ खनालबिरूद्व चुनाबी प्रतिस्पर्धामा विवेकशिलबाट २७ बर्षे युवा

झलनाथ खनालबिरूद्व चुनाबी प्रतिस्पर्धामा विवेकशिलबाट २७ बर्षे युवा

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

इलाम । एमाले नेता झलनाथ खनालले उम्मेद्धारि दिएको क्षेत्रबाट विवेकशील साझा पार्टिका २७ बर्षिय युवा सचेन घलेले उम्मेद्धारि दिएका छन ।

विवेकशील साझा पार्टिले इलाम क्षेत्र नं १ मा २७ वर्षिया सचेन घलेलाई उम्मेदवार बनाएको हो । घलेको प्रतिस्पर्धा यसपटक झलनाथ खनाल सँग हुनेछ ।

खनाल यसअघि पनि क्षेत्र नं १ बाट विजयी भैसकेका छन् । एमालेले पूर्वप्रधानमन्त्री खनाललाई क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस गरिसकेको छ । सूर्योदय नगरपालिका वासिन्दा घलेले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।

उनी दुई वर्ष अघि विवेकशील नेपाली पार्टीमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेको हुन् । परिवारको जेठो छोरो घले घरपरिवारको मात्र जिम्मेवारी नभई देशको जिम्मेवारी पनि लिनका निमित्त उम्मेदवारी दिएको बताए ।

उमेरले सानै भएपनि समसामयिक राजनितीक मुद्दामा गम्भीर वहस गर्न सक्ने क्षमता भएका घले स्पष्ट बोली र निडर स्वाभावका छन्। झलनाथ खनालले क्षेत्र नं १ जित्दै आएको क्षेत्र भए पनि सोचे अनुरुप विकास र परिवर्तन नहुदाँ आफ्नो दल र आफूलाई जनताले भोट दिने विश्वासमा छन् ।

डा गोविन्द केसीको भ्रष्टाचार विरोधी अभियानमा साथ दिँदै आएका २७ वर्षीय घले १५औँ हप्तासम्म सञ्चालित त्रिभुवन विश्वाविद्यालय सरसफाइ कार्यक्रमका मुख्य अभियन्ता मध्येका एक हुन्। घले भन्छन् , ‘विकास र समृद्धिको एजेण्डा बोकेर चुनावमा उठेको हुँ।आफुमा नेतृत्व गर्ने आँट भएको बताउदै आफ्नो उम्मेदवारीबारे भन्छन् , ‘विकास ढोका खोल्न उठेको हुँ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ