दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, कात्तिक १६ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी आज दर्ता हुँदै छ ।

निर्वाचन आयोगले आगामी मंसिर २१ गते गर्ने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले हिजो पत्रकार सम्मेलन गरेर मनोनयनको तयारी पूरा भएको भन्दै निर्वाचनलाई लिएर कुनै द्विविधा नपाल्न आग्रह गर्दै शान्तिपूर्ण रुपमा उम्मेद्वारी दर्ता गर्न आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आ-आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि आह्वान गरे ।

प्रतिनिधिसभाको कूल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ ।

ती क्षेत्रका लागि कात्तिक ५ गते नै उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडि क्षेत्रमा निर्वाचन हुने छ ।

उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ