केपी ओलीविरुद्ध चुनाव लड्दैछन् त्रिचन्द्रका प्राध्यापक खगेन्द्र अधिकारी , को हुन् अधिकारी ?

केपी ओलीविरुद्ध चुनाव लड्दैछन् त्रिचन्द्रका प्राध्यापक खगेन्द्र अधिकारी , को हुन् अधिकारी ?

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

१५ कात्तिक, काठमाडौं ।
झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा लड्ने भएपछि उनी बिरुद्ध डा. खगेन्द्र अधिकारी चुनावी मैदानमा होमिने भएका छन् ।
ओलीसँग नेपाली कांग्रेसका तर्फबाट डा. खगेन्द्र अधिकारी चुनावमा भिड्न तयार भएका हुन् ।
यसअघि काग्रेसले युवा नेता विश्वप्रकाश शर्मा , , पूर्वसामान्य प्रशासन मन्त्री केशव बुढाथोकी , त्यसो त ०७० सालमा झापा क्षेत्र नं. ६ बाट पराजित बनेकी रामकुमारी पौडेल लगायतलाई ओली बिरुद्ध उठाउने प्रयत्न गरेपनि कसैले रुचाएनन् ।
तर बुधवार डा अधिकारीलाई ओली बिरुद्ध चुनावी मैदानमा काग्रेसले उतारेको छ ।
त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका डा. अधिकारीले टिकट पाएलगत्तै कलेजमा राजीनामा बुझाएर साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर झापा छिरेका छन् ।
विसं. ३१ सालमा झापमा जन्मिएका ४३ वर्षीय डा. अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन् ।
डा. अधिकारीले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसवेला झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए ।
पछि ०५७ सालदेखि उनले प्राध्यापन पेशा सुरु गरे । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् ।
यसअघि उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बनेका थिए ।
प्राध्यापन पेशा छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले आफू हिजो सरकारको र आजदेखि जनताको नोकर भएको बताए ।
मनोनयन दर्ताका लागि बुधबार राति बिराटनगर पुगेका अधिकारीले भने,‘म पूर्ण आत्मविश्वासका साथ केपी ओलीसँग चुनाव लड्न गइरहेको छु, मलाई चुनाव जित्नेमा पूर्ण विश्वास छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ