तेह्रथुम, कात्तिक १५ । तेह्रथुममा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ ।
पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत भइसकेका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किएका थिए ।
सम्बाहाम्फेलाई कांग्रेसले तेह्रथुमबाट प्रदेशसभा सदस्य ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।
उनलाई कांग्रेसले तेह्रथुमको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा सर्वसम्मत् उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले बताए ।
वाम गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कमब्याक’ भएका सम्बाहाम्फेलाई मंगलबार बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए ।
सम्बाहाम्फे हाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपालको केन्द्रीय अध्यक्षसमेत छन् ।
तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले स्थायी घर भएका सम्बाहाम्फे गृहजिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्थे ।
कांग्रेसमा रहँदा संविधानसभा–१ निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका सम्बाहाम्फे पार्टी जिल्ला कार्यसमितिको तत्कालीन कोषाध्यक्ष थिए ।
उनी २०६४ मा भएको संविधानसभाको निर्वाचनको मुखैमा नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
कांग्रेस कमब्याकपछि सम्बाहाम्फेले अब यो देशको विकास र समृद्धि लोकतान्त्रिक शक्तिहरुबाटमात्रै सम्भव रहेको प्रतिक्रिया दिए ।
सम्बाहाम्फे पुनः कांग्रेसमै फर्किएपछि कांग्रेस कायकर्ता उत्साहित बनेका छन् ।