प्रचण्डलाई जिताउन नवीना लामा र ओलीलाई जिताउन रञ्जित तामाङलाई जिम्मेवारी

प्रचण्डलाई जिताउन नवीना लामा र ओलीलाई जिताउन रञ्जित तामाङलाई जिम्मेवारी

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, कात्तिक १५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ ।

दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचार–प्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा भएको बैठकले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम उम्मेदवारलाई विजयी बनाउन दुवै संगठन क्रियाशील भइ अगाडि बढने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामालाई बैठकले जिम्मेवारी दिएको छ ।

दुवै संगठनको बुधबार साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षणसमेत दिने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ