एमालेले ६ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगायो (सूचिसहित)

एमालेले ६ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगायो (सूचिसहित)

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, कार्तिक १५।
नेकपा एमालेले ६ नम्बर प्रदेशका दोस्रो चरणमा चुनाव हुने सबै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेवारहरुको टुंगो लगाएको छ ।

उपाध्यक्ष बामदेव गौतम निवास भैैंसेपाटीमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवार तय गरेको हो ।

एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कडेल दुवैजना प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले नेता ज्वाला सल्यान प्रदेश ख बाट उम्मेदवार बन्नुभएको छ भने सल्यानको प्रदेश क बाट केन्द्रीय सदस्य गुलाबजंग शाह प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

यस्तै अर्का नेता यमलाल कडेल पनि सुर्खेत २ को क बाट प्रदेशसभा उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभा तर्प नै सुर्खेत १ को ख बाट खड्ग खत्रीको नाम सर्वसम्वत भएके छ ।

यसैगरी एमालेले दैलेख १ को ख बाट अमरवहादुर थापा, दैलेख २ को क बाट सुशील कुमार थापा , दैलेख २ कै ख बाट राजवहादुर शाहीलाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा तर्फ सुर्खेत १ मा ध्रुव शाही , २ मा नवराज रावत उम्मेदवार बन्नुभएको छ भने दैलेख १ बाट रविन्द्रराज शर्मा तथा दैलेख २ बाट राजवहादुर बुढालाई एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।

६ नम्बर प्रदेशमा एमालेले र माओवादीले प्रतिनिधिसभामा बराबरी सिट बाँडेका छन् । एमालेले सुर्खेत र दैलेखमा चार सिट सहित मुगु र डोल्पा गरि ६ सिट पाएको छ ।

माओवादीले सल्यान,कालिकोट,जुम्ला,जाजरकोट,हुम्ला र रुकुममा गरि ६ सिट पाएको छ ।

त्यस्तै प्रदेशसभामा एमालेले १४ र माओवादीले १० सिट पाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ