माओवादी केन्द्रले टुङग्यायो उपत्यकाको उम्मेदवार (सूचीसहित)

माओवादी केन्द्रले टुङग्यायो उपत्यकाको उम्मेदवार (सूचीसहित)

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१५ कात्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

माओवादीले काठमाडौं १ मा अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । शर्मा कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग वामपन्थी गठबन्धनको तर्फबाट भिड्नुहुने भएके छ ।

केही समयअघिमात्र अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेर रन्जित तामाङसँग पराजित शर्मा पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माका भाइ हुनुहुन्छ ।

त्यस्तै काठमाडौं ६ बाट झक्कु सुवेदी उम्मेदवार बन्नभएके छ । पहिलो संविधानसभामा उनले काठमाडौं २ मा माधवकुमार नेपाललाई पराजित गर्नुभएके थियो ।

त्यस्तै क्षेत्र नम्बर ८ बाट उमेश स्थापित र १० बाट हितमान शाक्य उम्मेदवार तय भएको माओवादीले जनाएको छ ।

काठमाडौंमा माओवादीले प्रदेशसभा सदस्यतर्फ जम्मा २ सिट पाएको छ । जसमध्ये काठमाडौं ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनको नाम तय गरेको छ ।

ललितपुर ३ मा प्रतिनिधिसभातर्फ माओवादी प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्ने टुंगो लागेको छ ।

त्यस्तै प्रदेशतर्फ १ को क मा बर्षमान पुनकि बहिनी सुशीला पुन र ३ को ख मा पूर्व सभासद राजकाजी महर्जन उम्मेवार बन्नुभएको छ । नारायणमान बिजुक्छेलाई छाड्ने भनिएको भक्तपुर १ मा माओवादीले मिलन सुवाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ