१५ कात्तिक,सल्यान । माओवादी केन्द्र सल्यानमा टिकटको विषयमा फेरि बबाल मच्चिएको छ । आगामी संघ र प्रदेशको चुनावको लागि टिकट वितरणमा पार्टी नेतृत्वले एमालेसँग आत्मसमर्पण गरेर धोका दिएको भन्दै बागी उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी केन्द्रले संघको उम्मेदवारी टेकबहादुर वस्नेतलाई र प्रदेश दुबै एमालेलाई दिएपछि माओवादी केन्द्रका जिल्लाका नेताहरु असन्तुष्ट छन् । पार्टी केन्द्रमा बस्नेतले टिकट वितरणमा दादागिरी गरेको जिल्ला नेताहरुले बताएका छन् ।
एमाले(माकेको कार्यदलले प्रदेससभाको ९क० मा प्रकाश ज्याला र ९ख० मा गुलावजंग शाहलाई उम्मेदवारी दिएको छ ।
जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले सल्यान जिल्लामा एमाले(माकेको चुनावी तालमेल बास्तविक धरातलमा नभएको बताएका छन् । उनले सल्यानमा माआोवादी केन्द्रले एक प्रदेशसभाको १ नम्बरको ९क० र संघ गरी २ सिट पाउनु पर्ने बलियो आधार हुँदाहुँदै पनि पार्टी नेतृत्वले गद्दारी गरेको बताए ।
संयोजक आज ९बुधबार० दिउँसो ४ बजे जिल्ला सचिवालयको आपतकालिन बठैक बोलाएका छन् । बैठकपछि बुढाथोकीले संघ र अर्का नेता भीमप्रकाश शर्माले प्रदेशसभाको ९क० मा उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको छ ।
दुबै नेता जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी समालेका तर अहिलेसम्म कुनै अबसर नपाएका नेता हुन् । शर्माले र बुढाथोकीलाई पार्टी नेतृत्वले पहिलो र दोस्रो संविधान उम्मेदवारी पाउने भनिएपनि अन्तिममा पार्टी एकताको लागि भन्दै त्याग गरेका थिए ।
यसअघि पटक पटक पार्टीको अबसर पाएका विना विभागीय मन्त्री समेत रहेका बस्नेतले निषेधको राजनीति गरेको भन्दै विरोध गरेका छन् ।