ढुंगेल पक्राउका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले भोलि राजधानीमा विरोध प्रदर्शन गर्दै , उपस्थितिका लागी सबैलाई आह्वान

ढुंगेल पक्राउका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले भोलि राजधानीमा विरोध प्रदर्शन गर्दै , उपस्थितिका लागी सबैलाई आह्वान

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ , १५ कार्तिक ।

नेपाल कम्युनिस्ट पार्टीले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ पश्चात सरकारले गरेको जेलचलानका विरुद्ध बिहीबार विरोध प्रदर्शन गर्ने भएको छ ।

बिहीबार राजधानीको शान्तिबाटिकाबाट र्याली शुरु भई शान्तिबाटिकामा जम्मा भई कोणसभामा परिणत हुने भएको छ ।

जनयुद्धकालीन मुद्धा उल्टाएर सरकारले एकतर्फी रुपमा गरेको हर्कतका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले यस्तो विरोध प्रदर्शन गर्न लागेको हो ।

नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशन आफूहरुको माग सुनुवाई नभए आन्दोलनलाई अझ थप सशक्त बनाउने बताउनुभयो ।

यसअघि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा विज्ञेप्ती जारी गरेर ढुंगेल पक्राउको विरोध गर्दै तत्काल रिहाईको माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ