दोस्रो चरणको चुनाव : मनोनयन दर्ताको तयारी पूरा

दोस्रो चरणको चुनाव : मनोनयन दर्ताको तयारी पूरा

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं कात्तिक १५।
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यसका लागि भोली मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ । प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भने मंसिर १० गते हुँदैछ ।

सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयमा कार्यालय समयभित्र उम्मेदवारी दर्ता सकिने आयोगका प्रवक्त नवराज ढकालले जानकारी दिनुभयो । उहाँले मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो ।

भोलि मनोनयन दर्ता गर्ने दिन भएकाले राजनीतिक दलहरुले अधिकांश क्षेत्रमा आ–आफ्ना उम्मेदवार पनि टुंगो लगाइसकेका छन् । आयोगले जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको काम पनि गरिरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ