अब काग्रेसका दिन गए ! लगातार ५० बर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउँछन् : योगेश भट्टराई

अब काग्रेसका दिन गए ! लगातार ५० बर्ष बामपन्थी शक्तिले नेपालमा सत्ता चलाउँछन् : योगेश भट्टराई

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

ताप्लेजुङ, कात्तिक १५ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न निर्वाचन मात्रै नभएर अबको पचास वर्षसम्मका सबै चुनाव बामपन्थी शक्तिले जिते नेपालमा सत्ता चलाउने दावी गर्नुभएको छ ।

ताप्लेजुङमा आज बिहान संचारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको बाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधि सभा मात्रै नभई पचास वर्षसम्मका सबै चुनाव बामपन्थीहरुले नै जितेर सत्ता चलाउने दाबी गर्नुभएको हो ।

वि.स.२००७ साल देखि अधिकांस समय कांग्रेसले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धीका लागि पनि कम्यूनिष्टहरुको एकता भएको उहाँको भनाई छ ।

विकासको सुरुवात चुनावी एकता पछि प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा एमाले र माओवादी केन्द्रका सबै केन्द्रिय नेता जिल्ला जिल्लाबाट उठ्ने र केन्द्रिय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष बमोजिम आफ्नो उम्मेदवारी गृह जिल्ला ताप्लेजुङबाट दिएको समेत भट्टराईले स्पष्ट पार्नुभयो ।

उहाँले विकट जिल्लाको रुपमा चिनिने ताप्लेजुङलाई आफुले नमुना जिल्लाको रुपमा विकास गर्ने लक्ष लिएको र सोहि अनुसारको एजेण्डा लिएर अहिले चुनावि प्रचारको लागि गाउँ गाउँमा हिडिहरको समेत बताउनु भयो ।

जिल्लामा आफूले एमाले माओवादी केन्द्र मात्र नभई सबै राजनितिक दलका उच्च नेतासँगको सल्लाहबाट पनि प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दिएको बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ