सिट संख्यामा कुरा नमिल्दा काग्रेस एक्लिदै !

सिट संख्यामा कुरा नमिल्दा काग्रेस एक्लिदै !

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं कार्तिक १५ ।
सत्ता नेतृत्व कर्ता दल नेपाली कंग्रेसको नेतृतमा रहेको लोकतान्त्रिक गठबन्धनले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको चुनावी तालमेल आज टुंगो लगाउने भएको छ ।

कंग्रेस र मधेस केन्द्रित दलविच सिट संख्यामा कुरा नमिल्दा सहमति जुट्न सकेको छैन । कंग्रेसको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी संसदीय समितिको प्रारम्भिक चरणको बैठकबाट पहाडी क्षेत्रका उम्मेदवारको टुंगो लगाउने जानकारी दिनुभयो ।

त्यसपछि दोस्रो चरणमा हुने छलफलबाट तराई मधेस र काठमाडौं उम्मेवार टुंगो लगाउने कंग्रेसले जनाएको छ । उम्मेदवार चयन गर्ने समय छोट्दिै जाँदा दुइ नं प्रदेशको ३२ निर्वाचन क्षेत्रमा कंग्रेस राजपा र संघीय समाजवादी फोरमबीच सिट संख्या वाँडफाँडमा सहमति हुन नसक्दा गठबन्धनमा समस्या परेको छ ।

पहाडी क्षेत्रमा विवाद नभएकाले चाँडै टुंगो लाग्ने नेता खाँडको भनाई छ । दुवै मधेस केन्द्रित दलले प्रदेश नं २ लाई आफ्नो प्रभाव क्षेत्र मान्दै अधिकांश क्षेत्र आफूले पाउनु पर्ने दावि गरेका छन् ।

आज हुन छलफलमा सहमति नजुटे शीर्ष नेताहरुको स्थानमा मात्रै तालमेल गरी अन्य क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा गर्ने दुइ पक्षीइ समझदारी रहेको उहाँले बताउनु भयो ।

यसैबीच संघीय समाजवादी फोरम नेपाल र राजपाले दुइ नं प्रदेशमा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिट वाँडफाँड गरे पनि उम्मेदवार भने टुंगो लगाउन सकेको छैन । आज कंग्रेस सँगको सहमति पछि उम्मेदवारको टुंगो लगाउने दुवै पार्टीले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ