ढुंगेलकाे अहिलेकाे समयमा भएकाे गिरफ्तारिकाे अर्थ के हाे त ?

ढुंगेलकाे अहिलेकाे समयमा भएकाे गिरफ्तारिकाे अर्थ के हाे त ?

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

– भरत दाहाल

बालकृष्ण ढुंगेलकाे गिरफ्तारि माअाेवादी नेतृत्वकाे सहमति विना भएकाे छैन। स्थानिय चुनावका बेला बालकृष्ण ढुंगेल पुलिस हाकिमहरूसंग कार्यक्रममा बसिरहेका हुन्थे र शेरबहादुरले माअाेवादीसंग रणनीतिक साझेदारि भएकाे भन्दै उनीहरूका लागि भाेट मागिरहेका हुन्थे। हिंजाेसम्म द्वन्दकालिन मुद्दाहरूकाे नाममा माअाेवादी विरूद्ध बुर्कुसि मार्ने एमालेले सकेसम्म ढुंगेलकाे गिरफ्तारिकाे विराेध गर्ला नभए माैन रहला। गंगामाया अधिकारीकाे विषयमा रमिता हेर्दै अाएका एनजिअाे एजेन्टहरूमध्ये काेहि बाेले जस्ताे गर्लान, काेहि माैन रहलान।
माअाेवादीका नाममा निर्दाेष मानिसहरू मार्ने सेना र पुलिसका हाकिमहरू सबैजसाे पुष्पकमल र बाबुरामका हातबाट बढुवा भैसकेका छन्। एमाले र कांग्रेसका कार्यकर्ताहरूलार्इ काट्न अादेश दिने माअाेवादी नेताहरू सबै शासक भैसकेका छन्। युद्धकालमा २० हजार नेपालीकाे ज्यान लिने माअाेवादी, संसदवादी, सेना, प्रहरी र निजामति क्षेत्रका कर्मचारिहरू सबै मिलेर नेपालमा लुट मचार्इरहेका छन्। यि मध्ये कुनै अपराधिहरू चुनावमा मिलेर पनि उठिसके, कुनै अपराधिहरू पार्टी एकता गर्दैछन्। १० बर्षकाे प्रायाेजित युद्धमा जसले जसलार्इ मारे पनि सबैले एक अर्काका अपराधहरूलार्इ ‘शान्ति र मेलमिलाप’ भनेर अनुमाेदन गरिसकेका छन्।
त्यसाे भए ढुंगेलकाे अहिलेकाे समयमा भएकाे गिरफ्तारिकाे अर्थ के हाे त ? यसकाे अर्थ विदेशी याेजनासंग जाेडिएकाे छ। साम्राज्यवादीहरूले अाफूलार्इ अावश्यक परेकाे बेला यस्ता मुद्दाहरू उठाउन लगाउने र नपरेकाे बेला माैन रहेजस्ताे गर्दै अाएका छन्। अहिले चुनावका मुखमा तिनीहरूलार्इ दलालहरूका बिचमा ध्रुविकरण गराउनु परेकाे छ। कसैलार्इ एमाअाेवादी र एमालेका बिचमा अन्तर्विराेध पैदा गराउनु परेकाे छ र कसैलार्इ चुनाव बिथाेल्न वा चुनावपछिकाे वातारण यस्तै तपशिलका मुद्दाहरूमा बरालेर पर्दा पछाडि अर्काे खेल खेल्नु परेकाे छ। तर के कुरा चाहिं स्पष्ट छ भने कांग्रेस, एमाअाेवादी, एमाले सबैतिका विदेशी एजेन्टहरू सुरक्षित रहने छन् र उनीहरूका बिचमा कुनै विभाजन हुने छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी