काठमाडौं ,कार्तिक १५ ।
नेपाल कम्युनिष्ट पार्टीले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरिएको प्रति आपत्ती जनाउदै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
नेकपाले पक्राउ परी जेल चलान गरिएका ढुंगेललाई विना सर्त तत्काल रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको जनाएको हो । नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुर्दशनका अनुसार भोली दिउसो दुइ बजे शान्तिबाटिकामा विरोध प्रदर्शन गरिने छ ।
आफूहरुको माग सुनुवाई नभए आन्दोलनलाई अझ थप सशक्त बनाउने उहाँको भनाई छ । सरकारले जनयुद्धकालीन मुद्धालाई ब्युझाएर कारबाही गर्ने बाटो खोल्नु गलत भएको नेकपाको आरोप छ ।
ढुंगेललाई पक्राउ गर्नु शान्ति प्रक्रियाको भावना बिपरित रहेको भन्दै सुर्दशनले मंसिरमा हुन लागेको निर्वाचनमा हावी हुने उद्देश्यका साथ कंग्रेसले यस्तो कदम चालेको आरोप लगाउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline