माजवादी फोरम र राजपाबीच उम्मेदवार बाँडफाँड टुंगियो : कस्ले कहाँ कति पाए ?

माजवादी फोरम र राजपाबीच उम्मेदवार बाँडफाँड टुंगियो : कस्ले कहाँ कति पाए ?

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

 

काठमाडौँ, १४ कात्तिक ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच २ नं प्रदेशको निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको टुंगो लागेको छ ।

चुनावी तालमेलका लागि गठित दुवै पार्टीको कार्यदलले २ नं प्रदेशअन्तर्गत प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवारको टुंगो लगाएको राजपाका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

कार्यदलले सोमबार साझा उम्मेदवारको टुंगो लगाएपछि दुवै पार्टीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभाअन्तर्गत फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ ।

निर्वाचन क्षेत्रको सिट बाँडफाँडअनुसार शीर्ष नेतासहित उम्मेदवारको आज रातभरमा टुंगो लगाइने महासचिव सुमनको भनाइ छ । शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेससँग चुनावी तालमेलका लागि वार्ता चलिरहेकाले चाँडै टुंगिने जनाइएको छ ।

यसैबीच संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जना उम्मेदवारको टुंगो लगाएको छ । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं २ र वरिष्ठ उपाध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्ने फोरमका एक नेताले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ