काठमाडौं, कात्तिक १४ ।
माओवादी नेता बालकृष्ण ढंगेललाई प्रहरीले आज सातदोबाटोबाट गिरफ्तार गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेता ढुंगेललाई आज विहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको बताइएको छ ।
ढुङगेललाई जनयुद्धकालिन मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । ढंगेललाई गिरफ्तार नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश आर्यलविरुद्ध कात्तिक ८ गते मुद्दा दायर गरिएको थियो ।
प्रहरीले ढुंगेललाई फैसला कार्यान्यनका लागि जिल्ला अदालत काठमाडौं लैजाने जनाएको छ ।
पक्राउ परेका ढुंगेल माओवादी केन्द्रका पूर्व सभासद समेत हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline