अवैध बाटोबाट नेपालीहरु यसरी पुग्छन् अमेरिका

अवैध बाटोबाट नेपालीहरु यसरी पुग्छन् अमेरिका

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, कात्तिक १४ । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन ।

अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् ।

बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् ।

तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ ।

‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने ।

अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने ।

आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । दुस्ख निकै पाइयो । धेरै पैसा खर्च भयो ।

दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०/२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं ।’

उनीहरू दाङ, नवलपरासी र कपिलवस्तुका हुन् । उनीहरूले आफूहरूले ४५ लाखभन्दा बढी खर्च गरेर आएको उल्लेख गर्दै आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न कान्तिपुरलाई आग्रह गरे ।

‘दक्षिण अमेरिकी मुलुकको घना जंगल, समुद्र पार गर्दै ड्राइफुट र समुद्रकै पानी खाएर यहाँ आइपुगेका हौं,’ उनीहरूले भने, ‘कैयन् विदेशीले पनि आफूलाई नेपाली भनेर परिचय दिँदारहेछन् । तर हामी ९ जना मात्र थियौं ।

पाँच जना डीसीमा रहेको दूतावासमा धाइरहेका छन् । हामी न्युयोर्कमा आइपुग्यौं ।’ -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी