सहकर्मी हत्या अभियुक्त पक्राउ

सहकर्मी हत्या अभियुक्त पक्राउ

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

नेपालगञ्ज, १३ कात्तिक ।  सहकर्मीको हत्या गरी फरार अभियुक्त रुकुम भूमे गाउँपालिका–८ रुकुमका २१ वर्षीय रणबहादुर रोकालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती नदी किनारमा सोही ठाउँ निवासी सन्तबहादुर पुनलाई दाउराको चिर्पटले टाउकामा हिर्र्र्काएर हत्या गरेका थिए ।

सो हत्यामा संलग्न अर्का अभियुक्त सोही स्थान निवासी ३९ वर्षीय अर्का रणबहादुर रोका अहिले फरार रहेको र उनको खोजतलास भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुधिर शाहीले पत्रकार सम्मेलनमा बताउनुभयो । लामो समयको अनुसन्धानपछि अभियुक्त २१ वर्षीय रोकालाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार दाङबाट पक्राउ गरी यहाँ ल्याएको हो ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुई अभियुक्त घोराही उपमहानगरपालिका–६ का ३१ वर्षीय प्रमोद पछाई र भारत बहराइच नानपाराका–२० वर्षीय सोनु राईलाई पनि सार्वजनिक गरेको छ । अभियुक्त राईलाई यही कात्तिक ८ गते भारतबाट ल्याउँदै गरेको करिब ३१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ