राप्रपा काग्रेस गठबन्धनबाट बाहिरियो ,औपचारिक घोषणा केहीदिनभित्रै गर्ने

राप्रपा काग्रेस गठबन्धनबाट बाहिरियो ,औपचारिक घोषणा केहीदिनभित्रै गर्ने

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौ १३ कार्तिक ।
सिट बाँडफाटमा कुरा नमिलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाहिरिएको छ ।

एक नम्बर प्रदेश अन्तरगत झापा क्षेत्र नं. ३ मा राप्रपालाई समर्थन गर्ने सहमति विपरित कांग्रेसले आफ्नै उमेदवार उठाएपछि गठबन्धनमा बस्नुको औचित्य नरहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले बताउनु भयो ।

राप्रपाले लोकतान्त्रिक गठबन्धनबाट बाहिरिएको औपचारिक घोषणा केहीदिन भित्रै गर्ने महामन्त्री लिङ्देनले बताउनु भयो । एउटै क्षेत्रमा दुई पार्टीले उमेदवार घोषणा गरेपछि गठबन्धन टुटेको हो ।

यसअघि कांग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ