सांसद विकास कोष अन्तर्गतका सबै कार्यक्रम रद्द गर्ने आयोगको निर्णय

सांसद विकास कोष अन्तर्गतका सबै कार्यक्रम रद्द गर्ने आयोगको निर्णय

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, कात्तिक १२ । निर्वाचन आयोगले सांसद कोषको नाममा सन्चालित सम्पूर्ण विकास निर्माण, परियोजना र अन्य कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले संसद नरहेको अवस्था, सांसद भूतपूर्व भइसकेका र निर्वाचनका कार्यक्रम सुरु भइसकेकाले सांसदको क्षेत्रका लागि छुट्याइएको रकम पनि राज्यकै भएको भन्दै सम्पूर्ण कार्यक्रम रद्ध गर्ने निर्णय गरेको आयुक्त सुधिरकुमार शाहले जानकारी दिए ।

आयोगले स्थानीय तहको निर्वाचनमा भने सांसद विकास कोष तथा अन्र्तगतका कार्यक्रममा आचारसंहिता आकर्षित नहुने जनाएको थियो । तर, संसदको निर्वाचनका कार्यक्रम सुरु भएको, सांसद भूतपूर्व भइसकेकाले सांसद विकास कोषको रकम रोक्का गर्नुका साथै रकम निकासा पनि रोक्ने निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ