कालिकोट कार्तिक १२ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कर्णालीमाथि राज्यले दमन गरेकै कारण यो क्षेत्र क्रान्तिको लालकिल्ला बनेको बताउनु भएको छ ।
आसन्न प्रदेश तथा संघको निर्वाचन खारेजी अभियानको क्रममा आज कालिकोटमा भएको आम सभालाई संवोधन गर्दै उहाले कर्णालीमाथि राज्यले चरम विभेद गरेकाले जनयुद्धमा आम मानिस सहभागी भएको बताउनु भयो ।
कर्णालीबाट जनताको मत लिएर जाने नेताहरुले काठमाण्डौं पुगे पछि उतै अल्झिने र आफू कर्णालीको सांसद नभएको जस्ता तर्क गर्ने गरेका थिए भन्दै प्रकाण्डले अबको एकीकृत जनक्रान्तिमा पनि कर्णालीले बिशेष भूमिका खेल्ने दावी गर्नु भयो ।
जनतामाथि उत्पीडन कायम रहेकाले क्रान्तिद्धारा बैज्ञानिक समाजवाद ल्याउनुको विकल्प नरहेको प्रकाण्डले बताउनु भयो ।
कालीकोटमा हजारौ जनताको उपस्थितिमा नेकपाले आज सभा सम्पन्न गरेको हो ।