सर्वोच्चको पत्रमा स्वविवेकीय अधिकार प्रयोग गर्न कानुनब्यावसायीको सुझाव

सर्वोच्चको पत्रमा स्वविवेकीय अधिकार प्रयोग गर्न कानुनब्यावसायीको सुझाव

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ , १२ कार्तिक ।

कानुनबिद्हरुले स्वविवेकीय अधिकार प्रयोग गरि सर्वोच्च अदालतमा जवाफ पठाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

कान्तिपथस्थित आयोग केन्द्रिय कार्यलयमा आज भएको छलफलमा महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको पछिल्लो आदेश पश्चात मतपत्रका विषयमा स्वविवेकीय अधिकार प्रयोग गर्न सुझाएको हो ।

आयोगका पदाधिकारीसंग भएको छलफलमा नायब महान्यायाधिवक्ता किरण पौडेलले सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएका सन्र्दभमा आयोगको निर्णयका आधारमा नै लिखित जवाफ दिन सुझाव दिनुभयो ।

आयोगले दुईवटा मतपत्र छपाई नगरेर अदालतको अवहेलना गरेको भन्दै दायर मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश सहित मतपत्रमा भएको प्रगति तीन दिन भित्र पेश गर्न भनेको थियो । अदालतले पठाएको पत्रका विषयमा आयोगले नायब महान्यायाधिवक्ता पौडेलसंग जिज्ञासा राखेको हो ।

नायब महान्यायाधिवक्ता पौडेलले आयोगले आफुसंग अनौपचारिक छलफल मात्र गरेकाले आफ्नै निर्णय अनुसार अगाडी बढ्न सुझाव दिएको उल्लेख गर्नुभयो । सर्वोच्चले गत बुधबार प्रत्यक्ष तर्फ दुबै सभाको मतपत्र अलग अलग छाप्ने बारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ