बुटिक व्यवसायमा महिला आकर्षण बढ्दै 

बुटिक व्यवसायमा महिला आकर्षण बढ्दै 

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

–गोपालप्रसाद पोखरेल
मोरङ, १२ कात्तिक।

आर्थिक अवसर , खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरू परम्परागत चुल्होचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् ।

यसैक्रममा मोरङको उर्लाबारीमा बुटिक व्यवसाय सञ्चालन गर्दै आउनुभएकी उर्मिला राई (श्रेष्ठ) सफल महिला उद्यमी भएर समाजमा ज्वलन्त उदाहरण बन्नु भएको छ । उर्लाबारी –३ निवासी राईले सञ्चालन गरेको अविश बुटिक पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ ।

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ उहाँको बुटिक डिजाइन लोकप्रिय बन्दै जाँदा उहाँले व्यवसायको दायरासमेत बढाएर लग्नु भएको छ । पाँच वर्षअघि उर्लाबारी–२ मधुमल्ला रोडमा करिब रु पाँच लाखको लागतमा सञ्चालन गरेको उहाँको व्यवसाय हाल रु ३० लाख बराबरको बन्न पुगेको छ । कुनै समय स्थानीय स्तरमा मात्र सीमित उहाँको निर्माण सामग्री पछिल्लो समय देशका विभिन्न भूभागमा मात्र नभएर विदेशमा समेत रुचाइएको पाईन्छ ।

लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर डिजान गर्न माहिर उहाँको व्यवसायले अमेरिका, बेल्जियम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरूमा बस्दै आएका नेपाली महिलाहरूको मन जित्न सफल भएको छ । उहाँ त एउटा प्रतिनिधि पात्र हुनुन्छ । पथरी शनिश्चरे–१ की मनमायाँ लिम्बु पनि बुटिक व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ ।

त्यसैगरी पथरी ८ की निर्मला धिमालले बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहनु भएको छ । निर्मलाले तीन जनालाई रोजगारी दिनुभएको छ । त्यसो त उहाँले डिजाइन गरेको बुटिकका विभिन्न पहिरनहरू स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका कलाकारहरूले विभिन्न कार्यक्रमहरूमा समेत लगाइ सकेको उहाँको भनाई छ । तीन दर्जन भारतीय तथा नेपालीलाई रोजगारसमेत उपलव्ध गराउन सफल उहाँहरूले बुटिकका सामग्री निर्माणसँगै यसैमा आफनो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत तालीम दिँदै आएका छन ।

स्वदेशमै व्यवसाय गर्नेदेखि लिएर वैदेशिक रोजगारीमा जाने जो कोहीलाई समेत उहाँहरूले सुलभ मूल्यमा तालीमको आयोजना गर्नु भएको छ । फेसन डिजाइन आफैँमा सिर्जनासँग सम्बन्धित भएकाले यसमा नयाँपन र परिवर्तनको अपेक्षा गरिन्छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी